बुढानिलकण्ठ नगरपालिकाद्धरा निवेदन दिन आग्रह

145

काठमाडौँ। बुढानिलकण्ठ नगरपालिकाले काठमाडौँ जिल्ला मिटर ब्याज पीडितहरुलाई आफ्नो भएसम्मका सबुत प्रमाणसहितको ब्योहारा खुलाइ निवेदन दिन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको वैशाख १५ गतेको अनुचित लेनदेन (मिटर ब्याज) पीडितलाई फारम भराउने पत्र अनुसार काठमाडौँ जिल्ला मिटर ब्याज पीडितहरुले आफ्नो भएसम्मका सबुत प्रमाण सहितको ब्योहारा खुलाइ जिल्ला प्रशासन कार्यालय काठमाडौँ वा उक्त आयोगमा सिधै निवेदन दिन आग्रह गरिएको हो । नगरपालिकाले मंगलबाल सूचना गरी आग्रह गरिएको बुढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।