बुढा बाआमाहरुलाई हाम्रो आवाज परिर्वतन समाजको लत्ताकपडा र खानेकुरा

717

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ७ यातु महादेव स्थानमा अवस्थित मानव कल्याण समाजमा बुढा बाआमाहरुको सहयोगार्थ सामग्री हस्तान्तरण गरिएको छ । सडक पेटीमा बस्ने बुढा बाआमा तथा केटाकेटीलाई रेख देख गर्दै आएको मानव कल्याण समाजमा हाम्रो आवाज परिर्वतन समाजले खानेकुरा एवं लत्ताकपडा हस्तान्तरण गरेको हो । समाजमा हाल ४ बर्षका बालवालिका देखि ७५ बर्ष सम्मका बुढा बाआमा रहँदै आउनु भएको छ ।

आफ्नो मानसिक सन्तुलन गुमाउनु भएका देखि आफ्नो नाम सम्म पनि भन्न नसक्ने हरुको सेवामा समाजले गर्दै आएको योगदानलाई हात मालो मात्र गर्न आफुहरुले सानो सहयोग मात्र गर्न सकेको हाम्रो आवाज परिर्वतन समाजकी संयोजक रञ्जु बताउनुहुन्छ ।

एक दिनको सेवामा राजेश दिदिया


यस्तै मानव कल्याण समाजमा रहनु भएका १४ जना बालबालिका देखि बुढाबुढी सम्मलाई भक्तपुर नगरका राजेश दिदियाले एक दिनको सेवा गर्नु भएको छ । आफ्नो बुबाको ४५ दिनको पुण्य तिथीमा उहाँले विहान र दिउसोको खानाको ब्यवस्था गर्दै एक दिनको सेवा गर्नु भएको हो ।
हाल उक्त समाज यस्तै दिदीया अनी हाम्रो आवाज परिर्वतन समाज जस्ता सहयोगी मनहरुको सहयोगले नै चल्दै आएको समाजकी ब्यवस्थापक सुमित्रा चौलागाई बताउनुहुन्छ ।