नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन् । कतारको एसियन टाउन एम्पिथियटर सनैयामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा प्रताप दास र निशान भट्टराईलाई पछिपार्दै पोखरा नयाँ बजारका लामाले पहिलो नेपाल आइडलको उपाधि प्राप्त गर्न सफल भए ।विजेता बुद्ध लामाले ४करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेर नेपाल आइडल उपाधि जितेका हुन् । त्यसैगरी २० लाख नगद, महिन्द्र केयुभी १०० कार र १५ लाख रुपैंयाको एल्बम कन्ट्रयाक प्राप्त गरेका छन् । उत्कृष्ट तीन जनाबाट बिजेता छनौटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो ।
जम्मा भोट संख्या :- ९, ३१, ८३ ,३३५
बुद्ध लामा :- ४, ४८, ४५, २६३
निशान भट्टराई : – ३, ५०, ८६, २२३
प्रताप दास : -१,३२,५१,८४९
त्यसैगरी उर्लाबारी मोरङका निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २सय २३ भोट प्राप्त गरे भने प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाप्त गरेका छन् । फष्ट रनरअप निशान भट्टराईले १५ लाख नगद र सेकेन्ड रनरअप प्रताप दासले १० लाख नगद पुरस्कार प्राप्त गरे । नेपाल आइडल विजेतालाई हाँस्यकलाकारद्धय मदन कृष्णश्रेष्ठ र हरिवंश आचार्यले पुरस्कार प्रदान गरे ।
Related