भक्तपुर । भक्तपुरमा जारी बुद्धिचाल प्रतियोगिताको उपाधी काठमाण्डौंका मनिस हमालको पोल्टामा परेको छ । नेपाल क्रान्तिकारी युवा संघको २८ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न नौ चरणमा साँडे सात अंकका साथमा हमालले उपाधी उचाल्न सफल भएका हुन् ।
यस्तै मकवानपुरका कृष्ण थापा द्धितीय, काठमाण्डौकै केशव श्रेष्ठ तृतीय,ललितपुरका बद्रीलाल नेपाली चौथो भक्तपुरका राजाराम दुवाल पाँचौ, राजन सुवेदी छैठौ, नविन तन्दुल्कार सातौ, सुदिप तामाङ्ग आठौं, सुवीर लामा नवौं र राजेन्द्र बज्राचार्यले दशौैं स्थान हाँसिल गरेका थिए ।
त्यस्तैगरी गणेशराम दुवाल वेष्ट लोकल, सुरेश बजिको वेष्ट अनरेटेड, भगवती प्रसाद शर्मा वेष्ट भेटेरान, निकेन कुसाथा वेष्ट जुनियर, स्नेहा यादव वेष्ट वम्यान, खुमप्राद तिमिल्सिना वेष्ट एलो ९१५०० मुनि०, सन्तोष गौतम वेष्ट एलो ९१८०० मुनि०, बिजय तमता राइजिङ्ग प्लेयरघोषित भएका थिए ।
नेपाल क्रान्तिकारी युवा संघ स्थापना दिवसको अवसरमा नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको आयोजनामा र भक्तपुर चेस क्लबको सह आयोजनामा राष्ट्रब्यापी रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
प्रतियोगिताका बिजयी खेलाडिहरुलाई प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार वितरण गर्नु हुँदै अतिथि सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विविध खेल प्रशिक्षणमा जोड दिंदै आइरहेको र खेलकूदलाई अनिवार्य शिक्षाका रुपमा विकास गर्नु पर्ने बताउनुभएको थियो ।
साथै राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा खेलाडीहरु सहभागी गराउन नगरपालिकाले नियमितरुपमा तालिमको ब्यवस्था गर्दै आएको र राष्ट्रियस्तरको खेलमा उत्साहित बनाउन खेलकूद समिति परिचालनमा विशेष ध्यान पु¥याउँदै आएकोबारे प्रकाश पार्नु भयो ।
नेमकिपा भक्तपुर जिल्ला सदस्य पाण्डव सुवालले देशको सार्वभौमिकता र भू अखण्डता रक्षाको लागि नेमकिपाले खेल्दै आइरहेको भूमिकाबारे देशभर प्रचार गर्न जरुरी भएको बताउँदै खेलकूदलाई मौलिक हकका रुपमा संविधानमा समेट्नु पर्ने विचार ब्यक्त गर्नु भयो ।
नेक्रायुसंघ भजिस अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न भएको उक्त समापन कार्यक्रममा प्रतियोगिता संयोजक राजकुमार लघु, आयोजक समितिका हरिसुन्दर सुवाललागायतले खेलको महत्वबारे बोल्नु भएको थियो ।
१६ जिल्लाबाट ८६ खेलाडिहरु सहभागी भएको उक्त प्रतियोगितामा चिफ आर्विटर निरञ्जन प्रजापति रहनु भएको थियो ।








































