बेडिंग फोटो अवार्ड हुने

789

काठमाडौं । फोटोग्राफी व्यवसायमा संलग्न व्यक्तिहरुको साझा संस्था काठमाडौं फोटोग्राफर संघले केपीए वेडिंग फोटो अवार्ड २०१८ गर्ने भएको छ । संघले राजधानीमा पत्रकार सम्मलेनको आयोजना गरी हरेक वर्ष जस्तै यसवर्ष हुने कार्यक्रमको प्रतियोगितात्मक कार्यक्रम सुरु भएको जनायो । फोटोग्राफरहरुलाई दक्ष एवं अव्वल प्रतिस्पर्धी बनाउने उद्देश्यले गर्न लागिएको यो छैटौ वर्ष रहेको जनाएको छ ।
प्रतियोगिताका लागि फोटो समावेश गराउने समय खुला गरिएको संघले जनाएको छ । इच्छुक फोटोग्राफरहरुले एकजनाले वढीमा दुई वटासम्म फोटोग्राफ समावेश गराउने पाउने जनाइएको छ । फोटो समावेश गराउने अवधि भाद्र २३ गतेसम्म निर्धारण गरिएको छ ।
प्रतियोगिताको अन्तिम नतिजा असोज १ गते शनिबार राष्टिय नाचघर जमल काठमाडौंमा सार्वजनिक गरिने जनाइएको छ । उत्कृष्ट तीन विजेताहरुलाई अवार्ड तथा क्यानोन ब्राण्डका डीएसएलआर क्यामेराहरु प्रदान गरिने जनाइएको छ । अन्य उत्कृष्ट २० प्रतियोगीहरुलाई विविध पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष भवदेव थापा मगरले कार्यक्रममा नेपालका सवै स्थानका फोटोग्राफरहरु समावेश हुन पाउने जनाए । यसका लागि विवाह समारोहमा खिचेका फोटोहरु पठाउन सकिने जनाए । साथै त्यो साँस्कृतिक भाव झल्किने हुनुपर्ने उनले जनाए ।
कार्यक्रम संयोजक जीवनाथ काफ्लेले फोटो पठाउने विभिन्न माध्यमहरु रहेको जनाए । तोकिएको संकलन केन्द्र वा काठमाडौं फोटोग्राफर संघको वेभसाइटमा गई तोकिएका शर्तहरुको अधिनमा रही फारम भरी सोही संकलन केन्द्र वा संघको इमेलमा पठाउन सकिने उनले जनाए ।
संघका सदस्य भोला काफेले केसीले प्रतियोगितामा एक हजार पाँंच सय फोटोग्राफरहरु सहभागी हने विश्वास व्यक्त गरे । गत वर्षमा एक ह जार दुई सय फोटोग्राफरहरु सहभागी रहेको उनले जनाए । यस वर्षको प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न हुने आशा उनले लिए ।