बेथानचोक गाउँपालिका तीस दिनभित्र व्यावासाय दर्ता, नविकरण र सूचिकरण गर्नु

0

काभ्रे । बेथानचोक गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित व्यावसाय दर्ता तथा सूचिकरण गर्न आग्रह गरेको छ ।
गाउँपालकिा क्षेत्रभित्र सञ्चालित होटल पसल, होमस्टे, रेष्टुरेन्ट लगायतका व्यावासायहरु यस गाउँपालिकाको कार्यालयमा व्यावसाय दर्ता सूचिकरण तथा नविकरण नभए पाइएकाले गाउँपालिकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिनेभित्र नियम अनुसार व्यावसाय दर्ता सूचिकरण तथा नविकरण गर्नु गराउनु हुुन सम्बन्धित सरोकारवाला सबैको आग्रह गरेको हो ।
तोकिएको मितिभित्र व्यावसाय दर्ता सूचिकरण तथा नविकरण हुन नआएमा नियम अनुसार गाउँपालिकाको तर्फबाट आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने यसै सूचना मार्फत जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।