प्यूठान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले दुई तिहाईको नेकपा सरकारले बेरोजगारी अन्त्य गर्ने बताए पनि रोजगार सिर्जना गर्ने कुनै पनि योजनामा नलागेको बताएका छन् ।
सरकारले हालसम्म बित्तिय आयोग समेत गठन गर्न नसक्नु, निजि क्षेत्रले लगानि गर्ने वातावरण नहुनु, बुढिगण्डकी जलबिद्युत आयोजनामा निर्माणमा बिना टेण्डर चाइनिज कम्पनिलाई जिम्मा दिनु जस्ता कार्यहरुले सरकार गैर जिम्मेवार वनेको राणाले बताए ।
मेलम्ची खानेपानी आयोजनाको ठक्करबाट २५ करोड रुपैयाँ कमिसन सरकार निकटका व्यक्तिले मागेका कारण ठेकदार भागेका कारण योजना फेरि अलपत्र परेको उनको भनाई छ ।
सरकारले डाक्टर गर्न गोविन्द केसीसँग सम्झौता गरेर आफै भाग्ने र निर्मला हत्या काण्ड लाई ओझेलमा पार्ने काम गरेकोले जनताको पक्षमा सरकार छैन भन्ने पुष्टि भएको नेता राणाको भनाई छ । सरकारले अर्थतन्त्रको सुधारगर्ने र युवालाई रोजगारीको अवसर प्रदान गर्ने, भन्दै सरकारमा दुई तिहाईको मत लिएर पुगेपनि अहिले लोकसेवा आयोग जस्तो निकायलाई समेत हस्तक्षेप गर्न खोज्नु लोकतन्त्र बिरुद्ध अग्रसर भएको टिप्पणी गरे । उनले सरकारका गलत क्रियाकलाप बिरुद्ध सडक र सदन सबै ठाउँबाट आन्दोलन गर्ने बताए ।







































