ब्यासी सांस्कृतिक समूहका कलाकारलाई प्रमाण पत्र वितरण

165

भक्तपुर । ब्यासी सांस्कृतिक समूहबाट गाइजात्रा महोत्सव २०८० मा प्रस्तुत भक्तपुर नगरे मुल्याङ्कनमा पुरस्कृत समूहका लुसी प्याखँ, लाहुरे प्याखँ र हुला प्याखँका कलाकारलाई प्रमाण–पत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं भक्तपुर क्षेत्र नं १ का माननीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा ब्यासीमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथी प्रेम सुवालले गीत रचना र साहित्य सिर्जना गर्दा पार्टी नेमकिपाको प्रकाशन अध्ययन गर्नुपर्छ । जन भावना नसेमेटीएको साहित्यले शोषित पीडित जनताको सेवा गर्न सक्दैन ।

प्यालेस्तानी जनताको हत्या अमेरिकी साम्राज्यबादको इशारामा इजरायलले गदैछ । अरुलाई आपत पर्दा हामीले बिरोध गरे भोली नेपाल माथि बम बारुद खस्दा पनि मित्र राष्ट्रका जनताले विरोध गर्छ आज विद्यार्थीहरुले प्यालेस्तानी बाल बालिका र जनताको हत्याको विरोधमा भक्तपुरमा जुलुश प्रदर्शन गर्नु सकारात्मक हो भन्नुभयो ।


स्थानिय समाजसेवी गणेश प्रसाद सुवालले विजयी कलाकारहरुलाई बधाई दिदैं जनपक्षीय कलाकार उत्पादन गर्न र कला संस्कृति साहित्यको माध्यमबाट जनताका समस्या उजागर गर्न प्रत्येक बर्ष टोलबाट गाइजात्राको अवसरमा गाइचा प्याखँ र अन्य सांस्कृतिक टोली प्रहसन गरेका बताउनु भयो ।
कार्यक्रमका सभापति ब्यासी सांस्कृतिक समूहका अध्यक्ष राजकुमार लघुले टोलमा सांस्कृतिक जागरण ल्याउन प्रत्येक बर्ष गाइजात्रा महोत्सवमा प्रतिस्पधा गरिरहेको हो भन्दै बिजयी सास्कृतिक विधाका कलाकारहरुलाई बधाई दिनुभयो ।
ब्यासी सांस्कृतिक समूहका कृष्णराम पहिले कला संस्कृति स्थानियको पहिचाहन हो भन्नुभयो । कार्यक्रममा कलाकार सुन्दर ब्यान्जुले पनि बोल्नु भएको थियो ।