ब्लड क्यान्सर पिडित शान्ती तामाङ सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम चैत १० मा

790

काठमाण्डौं । ब्लड क्यान्सर पिडित शान्ती तामाङ सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम चैत १० गते काठमाण्डौंको जोरपाटी हुने भएको छ ।

जीवन जिउने रहर हुँदा हुँदै मृत्युको मुखमा पुगेकी शान्तीको जीवन रक्षाका लागि आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा कलाकार सम्मान कार्यक्रम जोरपाटीको शेर्पा पार्टी प्यालेसमा शनिवार गर्ने पुर्ण तयारी भएको कार्यक्रम संयोजक रितुराज पाख्रीनले जानकारी दिनुभयो ।

हरेक सजीव जातिलाई बाँच्ने रहर हुन्छ नै । सबैलाई आफ्नो ज्यान प्यारो लाग्छ । आफ्नो सन्तान त अझ प्यारो लाग्छ । यो त प्राकृतिको नियम नै हो ।

यहि मारमा आज शान्ती तामाङ बाँच्ने आशा बोक्दा बोक्दै जीबन सँग हार गुहार माग्दै मृत्यु सँग लडिरहेका छन् । ओखलढुंगा खिजिदेम्बा गाउँपालिका हाल काठमाडौ जोरपाटी नयाँ बस्ती जम्बु डाडा छेउमा बस्ने बर्ष २१ कि शान्ति तामाङ थोकर बिगत एक बर्ष देखी ब्लड क्यान्सर रोग बाट पीडित रहेकी छिन ।

धेरै रहरहरु बोकेर यो धर्तिमा फुल्दै थिइन तर नियतिको खेल भनौ भाग्यको खेल भनौं आज जीवन मरणको दोसाँधमा रहेकी छन् ।
आर्थिक अभावका कारण आफ्नो उपचार गर्न नसक्दा कलिलो उमेरमा नै उनी मृत्युको मुख नजिक पुगेकी छन् ।
उनलाई यति कलिलै उमेरमा मृत्युले झन् झन् तानिरहेको छ । बुबा आमाले ज्याला मजदुरी गरेर ठुलो सपना बोकी हुर्काएकी छोरी आज मृत्युको मुखमा पुग्दा बाबु आमाको हृदय आज छियाछिया परेको छ । आफुले सक्ने जति सवै गरि सकेका उनीहरु आज आफ्नी छोरीको जीवन रक्षाका लागि सवैमा सहयोगको हात फैलाउन बाध्य भएका छन् ।

जीवन मरणको दोसाँधमा भएकी शान्ती आफ्नो जीवन रक्षका लागि सवैमाझ हारगुहार गरि रहेकी छन् । मलाई जीवनमा समाजसेवा गर्ने ठुलो रहर थियो तर नियतिले मलाई कसैको सेवा गर्ने मौका नै नदेला जस्तो छ उनीले भकानीदै बताईन ।

जस्को कोहि छैन उसको भगवान हुन्छन् भन्ने गरिएको छ तर उनका लागि भगवान भनेकै उनलाई जीवन रक्षाका लागि सहयोग गर्ने मनहरुनै भएको बताउँदै आफुलाई जीवन रक्षाका लागि सहयोग गरि दिनुहुन् उनले सवैमा आग्रह गरिन ।

शान्तीको अल्का हस्पिटलमा उपचाररत हुदै थियो तर आर्थिक अभावका कारण उनी हाल सडकमा जानु परेको छ ।
कलिलो उमेर मा नै आफ्नो मृत्युको मुखमा पुगेकी शान्तीलाई बचाउनका लागि आग्रह गर्दै रितुराज पाख्रीन ( तामाङ चलचित्र कथाकार,स्कृफ्ट राईटर ) ले सहयोग नै संसारको सवै भन्दा ठुलो पुण्य कसैको जीवन रक्षाका लागि गरिने दान भएको बताउँदै सहयोगको याचना गर्नुभयो ।

बृहत साँस्कृतिक कार्यक्रममा चर्चित तामाङ कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रमका साथै कलाकार सम्मान कार्यक्रम समेत राखिएको छ । यस कार्यक्रमका संयोजक रितुराज पाख्रीन हुनुहुन्छ । आफुले अहिले सम्म शान्ती सहित दुई जनाको जीवन रक्षाका लागि पहल गरि सकेको बताउँदै शान्ती जस्ता कलिला फुलहरुलाई बचाउनु हाम्रो दाहित्व भएको बताउनुभयो ।

यहाँ हरुको सानो सहयोगले कसैको जीवन रक्षा हुन्छ भने किन सहयोग नगर्ने सहयोग नै यो दुनियाँको एक मात्र स्वर्ग हो स्वर्ग खोज्न कहि जानु पर्दैन केवल अरुको जीवन रक्षाका लागि सहयोग गरेमात्र पनि हामी स्वर्गमा यतिकै पुग्न सक्छौं , यहाँ हरुले सहयोग गर्न चहानुहुन्छ भने कृपया तल भएका नं मा सम्पर्क गर्न सक्नु हुनेछ ।

साथै यहि चैत १० गते शनिवारको दिन दिउँसो ११ बजे जोरपाटी स्थित शेर्पा पार्टी प्यालेसमा उपस्थित हुनुभै हजुरहरुले सकेको सरसहयोग गरि मानवताको रक्षा गर्नुहोला ।
-9803916896 -9818635347-981-3930866