‘भक्तपुरको निर्णायक भनेकै नेमकिपा र काँग्रेसै हो’

815

उद्धव सिलवाल, नेपाली काँग्रेस भक्तपुर जिल्ला सचिव एवं प्रदेश सभाका आकाक्षी उम्मेदवार ।

तपाइँ आफ्नो परिचय कसरी दिनुहुन्छ ?

म उद्धव सिलवाल । मेरो घर तत्कालिन बालकोट गाविस, अहिले म सूर्यविनायक नगरपालिका वडा नं. २ मा बस्छु । मेरो राजनीतिक पृष्ठभूमि भन्नुपर्दा २०४४ साल मा नेविसंघ, २०५४ सालबाट तरुण दल हुँदै म नेपाली काँग्रेसमा आवद्ध भएको हुँ । यसबाहेक म शैक्षिक संस्थामा पनि आवद्ध छु । म मेरिगोल्ड इंगलिश स्कूलको संस्थापक हुँ । म १९ वर्षदेखि विद्यालय सञ्चालनमा प्रत्यक्ष सहभागी हुँदै आएको छु । त्यसबाहेक म विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध छु । म रेयुकाई, रेडक्रस, लायन्स र विभिन्न सहकारीहरुमा प्रत्यक्ष आवद्ध छु । पछिल्लो समयमा म पतञ्जलि योगमा पनि प्रत्यक्ष सहभागी छु । म पतञ्जलि योग समितिअन्तर्गत सूर्यविनायक नगरसमितिको संरक्षक हुँ ।

यति धेरै सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ, राजनीतिमा तपाइँको चासो कसरी बढ्यो ?

विशेषतः म विद्यालय तहबाटै राजनीतिमा रुचि लिएर अघि बढेँ । डिएमपिएस पढ्दाताका नै मैले मेरा गुरुहरुबाट राजनीतिक चेतना पाएँ । त्यसबाहेक बालकोट क्षेत्र भनेको प्रजातन्त्रको लागि लामो संघर्ष गरेको क्षेत्र हो । भक्तपुरको बालकोट भनेपछि प्रजातन्त्रको लागि धेरै योद्धाहरुले योगदान दिएको क्षेत्र भनेर पनि चिनिने गरेको ठाउँ हो । पञ्चायतकालमै पनि काँग्रेसको उर्वर भूमि बालकोटमा जन्मिएँ, हुँर्किएँ, त्यस्तो ऐतिहासिक ठाउँबाटै मैले आफूमा राजनीतिक चेतना जागृत गरेको हुँ ।
विद्यालयबाटै राजनीतिमा रुचि रहेको बताउनु भयो, खासमा कोबाट बढी प्रेरणा पाउनुभयो ?

विद्यालयमा पढ्दाताका रामप्रसाद दवादी, श्यामबहादुर केसी, धु्रबबहादु ठकुरीजस्ता हाम्रा गुरुहरुबाट राजनीतिक चेतना दिनुभयो र बालकोट नेपाली काँग्रेसको ज्यादै उर्वर भूमि भएकोले काँग्रेसको झण्डामुनि रहेरै मैले राजनीतिको कखरा जानेको हुँ ।

पारिवारिक पृष्ठभूमि चाहिँ कस्तो थियो त्यो बेला ?

मेरो परिवार राजनीतिक पृष्ठभूमि भएको परिवार होइन, परिवारमा मैले नै राजनीति सुरु गरेको हुँ । मेरो बुवा निजामति कर्मचारी हुन् । म आफू भने बुवाको बाटोमा नलागी राजनीतिमा लागेँ । म सानै उमेरदेखि राजनीतिमा लागेर समाजको लागि, देशको लागि केही गर्नुपर्छ भनेर मान्यता राख्ने स्वभावको थिएँ ।

तपाइँको सामाजिक सेवा र संलग्नता चाहिँ कस्तो छ ?

त्यो विचारबाट समत भएर म स्कुल पढ्दादेखि अर्थात् २०३९ सालमा जुनियर रेडक्रस सर्कलमा रहेर काम गरेँ । त्यो सर्कलमा बसेर काम गर्दै गर्दा मलाई सामाजिक चेतना आयो । त्यसपछि मैले सामाजिक संस्थाहरुमा सक्रियता जनाउँदै लगेँ । म २०४५ सालमा रेयुकाइमा प्रवेश भएँ । त्यसपछि भक्तपुर जिल्लाभर रेयुकाई अभियान सञ्चालन गरेँ । म रेयुकाई बालकोटको संस्थापक सचिव, अध्यक्ष, सल्लाहकार हुँदै राष्ट्रिय सदस्य र राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय अध्यक्ष भएर भूमिका निर्वाह गरेँ । र रेयुकाइको २००२ देसि २००५ को नेशनल प्रसिडेन्ट पनि भएँ । अहिले म लायन्स क्लवमा छु । लायन्सको लायन्स अफ भक्तपुर मेरिगोल्डको चाटर्ड प्रेसिडेन्टमा छु, त्यस्तै म रेडक्रसमा संलग्न छु । म बालकोट रेडक्रसको संस्थापक सभापति पनि हुँ । मैले राजनीति बाहेक सामाजिक संस्थामा काम गर्ने प्रेरणा घरको वातावरण र प्रेरणाले पनि हो ।

पछिल्लो राजनीतिक स्थितिलाई तपाइँले कसरी मूल्यांकन गर्नुभएको छ ?

अहिले जुन बाम गठबन्धन भएको छ, यो बाम गठबन्धन हुनु स्वभाविक रुपमा राम्रो हो । मलाई पहिलादेखि नै कम्युनिष्ट एउटा हुनुपर्ने, प्रजातान्त्रिक संस्कार बोकेका लोकतान्त्रिक पार्टी धेरै हुनुपर्ने जस्तो लाग्थ्यो तर यहाँ के भैदियो भने प्रजातान्त्रिक पार्टी चाहिँ काँग्रेसमात्रै, जुन एक हुनुपर्ने कम्युनिष्ट चाहिँ शिशा फुटेजस्तै गरी फुटेर बसेको अवस्था । ढिलै भए पनि कम्युनिष्टहरु एक भएका छन् । कम्युनिष्टहरुबीच बाम एकता भएको छ । यो एकता चुनावी अभियानको लागि भएको छ । त्यसले लोकतन्त्रवादीहरु डराउनुपर्ने अवस्था छैन । किनभने कम्युनिष्टको कारणले हामी कहिले पनि हार्दैनौं ।

काँग्रेसमा त विवादै विवाद हुन्छ नि, खासमा किन ?
हाम्रो संगठन भनेको विलकुलै मासवेश पार्टी हो । मासवेश पार्टीमा जीवन्त विवाद हुन्छ नै । त्यो विवाद हामीभित्र पनि केही छ ।

त्यो विवादका बीच पार्टी कसरी जनतामा जान सक्छ , कसरी बामहरुलाई हराउन सक्छ त ?

त्यो विवादका बीच पनि हामी एकतावद्द भएर जान सक्यौं भने निर्वाचनमा हामीलाई कुनै पनि शक्तिले हराउन सक्तैन । विगतको इतिहास पनि हाम्रो के छ भने जति चोटि हामी बहुमत पाउँछौं, हाम्रै पार्टीका हाम्रै सांसदहरुले बहुमतमा खेलेर हाम्रो सरकार ढलाएको अवस्था छ । जतिबेला हामी चुनाव हार्छौं, हाम्रै घात अन्तर्घात र प्रतिघातको कारणले चुनाव हार्छौं । हामीभित्रको एकतामा अलिकति संकट छ । अलिकति हाम्रो पार्टी अनुशासनमा संकट छ । त्यो अनुशासनको कुरा र एकता भएर लाग्ने हो भने हामीलाई बामहरु ज्ति एक भए पनि निर्वाचनमा हामीलाई असर गर्दैन ।

तपाइँ नेपाली काँग्रेस भक्तपुरको जिल्ला सचिव भएको हैसियतले भक्तपुरको पछिल्लो राजनीतिक स्थितिको आंकलन कसरी गर्नुभएको छ ?

भक्तपुरमा त अझै बाम एकताले असर गरेको छैन र गर्दैन पनि । भक्तपुरको निर्णायक भनेकै नेमकिपा र काँग्रेसै हो । अहिले बाम एकता भएको छ । बाम एकताका कारणले गर्दा जुन एमाले, माओवादी र नयाँशक्तिबीच जुन तालमेल भएको छ, त्यसले काँग्रेसलाई पन िखासै असर गर्दैन र नेमकिपालाई पनि खासै असर गर्दैन । नेमकिपाले जहाँ जहाँ जितिरहेको छ, त्यो नेमकिपाको आफ्नो सिट पनि करिब करिब सुरक्षितै छ । त्यहाँ प्रतिस्पर्धा हुने भनेको काँग्रेस र नेमकिपाबीच नै पर्छ । यता जुन अरु क्षेत्र छ , त्यो क्षेत्रमा पनि एमालेको खासै प्रभाव पर्छ जस्तो लाग्दैन । काँग्रेस एक भएर लाग्ने हो भने हामीलाई बाम एकताले खासै असर गर्ला जस्तो लाग्दैन ।

निकट सयममै हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तपाइँ कुन क्षेत्रका लागि आकांक्षी हुनुहुन्छ ?

विशेषतः राजनीति गरिसकेपछि मैले अहिले प्रदेशकै दाबी मेरो छ । तर मैले दाबी गर्दै गर्दा मजस्तै अरु साथीहरु पनि आकाक्षी साथीहरु हुनुहुन्छ । सबै साथीहरुको मनोबल उच्च सबै साथीहरुको मनोबल उच्च छ । सबै बराबरी तवरले लागिरहनु भएको छ । तथापि त्यसको बाबजुद पनि अहिले पार्टीले मूल्यांकन गर्ने हो भने, पार्टीको पोर्टफोलियोको हिसाबले पाटीृको जिल्ला सचिव म , पार्टी सभापतिज्युले केन्द्रमा दाबी गर्नुभएको छ भने पार्टी सचिवले प्रदेशमा दाबी गर्नु स्वभाविक मानिन्छ । त्यसकारणले प्रदेशमा मेरो दाबी छ । त्यसका साथसाथै साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ । तापनि लोकप्रियताको आधारमा पनि र विशुद्ध राजनीतिका साथै सामाजिक सेरोफेरोबाट आएको हिसाबबाट अरु साथीहरुभन्दा मैले मत बढाउन सक्छु भन्ने मलाई विश्वास छ ।

तपाइँले नै टिकट किन पाउँनुपर्छ ?

मैले यदि टिकट पाएँ भने म विपक्षी पार्टीका कार्यकर्ता, शुभेच्छुकहरुलाई पनि समेटेर लान सक्छु र मप्रति विपक्षी पार्टीका साथीहरुको पनि विश्वास छ । यो भोलि प्रदेशमा गयो भने यसले समाज र प्रदेशको लागि केही गर्छ भन्ने मप्रति काँग्रेसका साथीहरुको मात्र नभएर विपक्षीहरुको पनि विश्वास छ । अहिले नै तपाइँ टिकट लिएर आउनुस्, हामी जुनसुकै पार्टीको झोला बोके पनि तपाइँलाई सहयोग गर्न तयार भएका साथीहरु छन् । मैले तत्कालिन बालकोट गाविसदेखि तत्कालिन चित्तपोल गाविसबाट प्रतिक्रिया लिइरहेको छु । त्यो प्रतिक्रियाबाट उद्धव सिलवालले टिकट पाउँछ, त्यसको लागि हामी लाग्नुपर्छ भनेर साथीहरु लागिरहनुभएको नि छ । मैले टिक पाएँ भने यो क्षेत्रमा काँग्रेस जित्छ भन्ने मलाई लाग्छ

पार्टी सचिव भएको हिसाबबाट मंसिरमा हुने चुनावको भविष्यवाणी के हुन सक्ला ?

पार्टी सचिवको हिसाबले भन्नुपर्दा भक्तपुरमा हाम्रो चारवटा प्रदेशको चारवटा क्षेत्र र दुईवटा प्रतिनीधि सभाको क्षेत्र छ । त्यो चारवटै प्रदेशमा हामी निर्वाचित गराउन हामी सक्रिय भएर लागिरहेका छौं । चारवटै प्रदेशमा हाम्रो योगदान हुँदाहुँदै पनि हामीले छोड्नै पर्यो भने भक्तपुर नगरलाई काउन्टमा राख्न अलिकति गाह्रो छ । त्यसपछि क्षेत्र नं. १ हामीले उम्मेदवारी दिँदा पनि अलिकति जित्न गाह्रो हुन्छ कि भन्ने अलिकति मनोबल घटेको छ । बाँकी तीनवटा प्रदेश र एउटा क्षेत्र निश्चित रुपमा हामी जित्छौं । योपटक काँग्रेसको जितलाई कसैले पनि रोक्न सक्तैन ।

सामाजिक क्षेत्र र राजनीति क्षेत्र फरक होला, तपाइँ सामाजिक क्षेत्रबाट आउनुभएको हिसाबबाट चुनौति पनि होला नि ?

मलाई के लाग् छ भने सामाजिक संघसंस्था र राजनीतिमा लाग्नु उस्तैउस्तै हो । मैले फरक हेर्दिन । किनभने राजनीति पनि स्वयम्सेवा हो ।
जो कोरा राजनीति गर्छ, उसलाई राजनीतिमा सफल हुन गाह्रो हुन्छ । जो सामाजिक क्षेत्रमा भिजेर आएका छन्, जनतासँग भिजेर आएका छन्, त्यो मान्छेलाई राजनीति गर्न सजिलो हुन्छ । किनभने त्यो सामाजिक कार्यकर्ताले जनताको सुखदुःख बुझेको हुन्छ । सामाजिक क्षेत्रबाट आएका हिसाबबाट म को पक्ष, को विपक्ष, को विपरीत विचारका पार्टी भनेर हेर्दिनँ । हामीलाई सबै जनता बराबर लाग्छ । राजनीति गर्ने मान्छेले विशुद्ध आफ्नो पार्टी मात्र हेर्छ । आफ्नो पार्टीभित्र पनि आफ्नो टीम हेर्छ, टीम भित्र पनि कोर टिम हेर्छ । तर हामी सामाजिक संस्थाबाट आएका मान्छे भएको नाताले सबै जनतालाई बराबर रुपमा हेर्छौं । एउटै नजरले हेछौं , नेताले जनतालाई त्यही नजरले हेर्नुपर्छ ।

चुनावी सरगर्मि बढिरहेको बेला आकांक्षीहरु ध्माधम बाहिर आउन थालेको अवस्थामा तपाइँको स्थान चाहिँ कहाँ छ भन्ने स्वमुल्यांकन छ तपाइँको ?

मैले अघि न पनि भनेँ, सबै साथीहरु जसले आकांक्षा राख्नुभएको छ, त्यो आकाक्षी साथीहरु सबैको हैसियत उस्तै हो । तथापि कति साथीहरुले आफ्नो वामर्अपको लागि, निर्वाचन हो, उम्मेदवारी दिउँ न, उम्मेदवारी दिएपछि कम्तीमा पत्रपत्रिकामा आउँछ, टिकटको लागि नाम सिफारिश भयो भने केन्द्रमा मेरो नाम पुग्छ भन्ने एउटा आशाले पनि आकांक्षी हुनुभएको छ । केही साथीहरु हैन मैले टिकट पाउनु पर्छ भन्ने प्रवल दाबेदारीका साथ पनि आउनुभएको छ । तथापि मलाई के लाग्छ भने पार्टीमा काम गरेको आधारमा म पार्टी निर्देशनअनुसार लागिरहेको छु । ०४४ सालदेखि प्रत्यक्ष रुपमा पार्टीकै काममा समय दिइरहेको छु । यसहिसाबले जनताको माझमा म लोकप्रिय छु । प्रदेशमा आकांक्षी दशमध्येमा टिकट पाउनेमा उद्धवजी नै हो भन्ने वातावरण बनेको छ । त्यसले पनि म प्रबल दाबेदार हुँ ।

टिकट दिने लिने सन्दर्भमा पार्टीमा दिएको योगदान, जनतामा लोकप्रियताका अलावा मनि र मसलको पनि भूमिका छ भन्छन् नि ?

मेलै आधिकारिक रुपमा त्यस्तो देखेको छैन । नदेखेको कुरालाई म भन्न सक्तिनँ तर बाहिर हल्ला आएको छ । मनि मसलले प्रभाव पारेको छ भनेर । छिटपुट हेर्दा त्यो देखिन्छ पनि । त्यसलाई नेपाली काँग्रेसले योपटक स्थानीय तहको निर्वाचनमा जुन हार ब्यहोर्नुपर्याे, त्यो पराजयबाट शिक्षा लिएर पनि मैले केन्द्रीय समितिसँग समन्वय गर्दा , त्योपटक त्यस्तो हुुँदैन भन्ने कुरा भन्नुभएको छ । अझ नेताहरुले के सम्म भन्नुभएको छ भने तराईमा क्रसरले असर गरेको छ भने पहाडमा डोजरले । त्यो कुरा पार्टीले करेक्सन गर्छ भन्ने मलाई लाग्छ ।

त्यो जिम्मेवारी तपाइँलाई पनि छ नि, छैन र ?

एकदमै ।

त्यसकारण हामीले हाम्रो मुहान सफा गर्ने क्रममा छौं । मुहान सफा छ । मुहानबाट आउने पानीलाई हामीले नै फोहोर बनाएका छौं । त्यो फोहोर बनाएन भने त सफा गर्नै परेन । राजनीतिलाई हामीले नै फोहोर बनाएका हौं । मलाई आवश्यक पर्दा सबै खालको मान्छे प्रयो गर्ने, अनि जब आवश्यक नपर्दा आरोप लगाउने कुरा राम्रो होइन । मैले जिम्मेवारीका साथ भन्नुपर्छ अब पार्टीभित्र सबै खालका व्यक्तिहरु छन्, भएका साथीहरुलाई पनि करेक्सन गराएर, राजनीतिक संस्कार, प्रशिक्षण दिएर, प्रतिवद्ध बनाएर लग्नुपर्छ ।