Home निर्वाचन भक्तपुरको सल्लाघारीमा पाँचौं औद्योगिक मेला चैत २१ देखि
भक्तपुर । भक्तपुरमा बृहत औधोगिक मेलाको आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँवर्षको अवसरमा भक्तपुरमा “पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५÷०७६” को हुने भएको हो ।
मेला सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले मेला आगामी चैत्र २१ गतेदेखि बैशाख २ गतेसम्म १२ दिने मेला हुने जनाएका छन् ।
विगत पाँच बर्ष देखि निरन्तर आयोजना हुँदै आएको उक्त मेला यस बर्ष पनि निरन्तरता हुने जानकारी दिदै उनले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उदेश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको बताए । भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनीमा हुने मेलामा २०० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।
मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछ ।
पत्रकार सम्मेलनमा मेलाका संयोजक दिपक थापाले यसवर्षको मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए । मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने थापाले जानकारी दिए । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उनले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने बताएका थिए ।
करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १५ करोड रुपैया बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलाका संयोजक थापाले बताए ।
मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुनेछ ।
मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकको भनाई थियो । मेलामा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे सिन्दुपापल्चोक रामेछाप लगाएतका जिल्लाका वासिन्दाले लाभ लिन सक्ने अपेक्षा आयोजकले लिएका छन् ।
Related