भक्तपुरमा एटीएम मेसिन चोरी गर्ने पक्राउ

541

भक्तपुर । भक्तपुर प्रहरीले सानिमा बैंकको एटीएम मेसिन चारी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ७ स्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेको तेमाल गाउँपालिका–२ सस्र्यखर्क घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका –६ बस्ने २६ वर्षीय को दिनेश सुकुभटु पक्राउ परेका छन् ।

दुवैले पुस १८ गते गते राति पौने नौ बजे सानिमा बैंकको एटीएम मेसिन फोडेर चोरी प्रयास गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

उनीहरुमाथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।