Home समाचार भक्तपुरमा कोठामा बोलाएर १५ वर्षीया बालिका बलात्कार गर्ने चार जना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चार युवालाई बिहीबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जिल्लाको मध्यपुर थिमी नगरपालिका ३ मा उदयपुर त्रियुगा नपा ८ घर भई हाल काठमाडौं बस्दै आएकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा चार युवालाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरुमा उदयपुर घर भई हाल मध्यपुर थिमी नपा ३ गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षकै सुशील कार्की र रौतहटको चन्द्रपुर १ घर भई हाल मध्यपुर थिमी नपा १ लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन् ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले उदयपुरको त्रियुगा नपा ८ घर भई हाल काठमाडौं बस्ने ती बालिकालाई चार युवाहरुले पुस २४ गते दिउँसो आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरी दिएको जानकारी दिए ।
पुस ३५ गते भक्तपुर प्रहरीमा परेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ती चारैजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
उनका अनुसार नियन्त्रणमा लिइएका युवाहरुई बिहीबार नै जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ ।
Related