भक्तपुर । भक्तपुरको च्याम्हासिंह ब्रम्हायणी रोडमा शनिबारदेखि खुशी प्लाजा सञ्चालनमा ल्याइएको छ ।
भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहबाट ब्रम्हायणी जाने सडक नजिकै प्लाजा सञ्चालनमा ल्याइएको हो ।
प्लाजाको एक समारोहबीच स्थानीय जेष्ठ नागरिक एवं बाजागुरु लक्ष्मीनारायण कुसीले उदघाटन गरे । प्लाजामा दुई वटा भबनहरु छन्, एउटा एकतल्ले र अर्काे दुईतल्ले ।
प्लाजा दुई रोपनी क्षेत्रफलमा फैलिएको जनाइएको छ ।
प्लाजाभित्र १८ वटा पसल कवलहरु छन् । प्लाजा कृष्णगोपाल कुसी र लक्ष्मीप्रसाद कुसी दुई दाजुभाइले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् ।







































