भक्तपुरमा गुन्जिए दिपक खरेलका आवाज

505

भक्तपुर । चिसो मौसमसँगै “यो कर्मभूमिको आँगनमा” गीतबाट सल्लाघारीमा गायक दिपक खरेलले भक्तपुरको वातावरण संगीतमय बनाउँलै तताएका थिए । सो गीतमा नेपालको चर्चित ब्याण्ड “लिजेन्ड ब्याण्ड”ले संगीतममा साथ दिएका थिए भने कोरसमा स्थानीय कलाकारहरुले साथ दिएका थिए ।
“भक्तपुर सागितिक समाज” ले आयोजना गरेको “दिपक खरेल साँझ २०७५” मा नेपाली संगीतका मेलोडी गायक खरेलले आफ्ना सुमधुर स्वर मा गीत पस्किएका थिए ।
“ती आँखाहरुको उज्यालो मनपर्छ”, “ बादल बनाइदेऊ”, “तिम्रो हर प्रश्नको जवाफ”, “पूर्णिमाको रात पनि औंसीको झैं”, पर्तिछ्या गर मेरी मायालु”, “ गरुँकी मीठो भूल”, जस्ता कालजयी गीतहरुको गुन्जनले उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रममा बरिष्ठ रचनाकार चेतन कार्की, मुरारी सिग्देल सुवासचन्द्र ढुङ्गेल, र्धुब मधिकर्मी लगायत दिपक जंगम जस्ता दिगज संगीतकारहरुको वाक्लो उपस्थिति थियो ।
गत वर्ष नारायण गोपाल स्मृति साँझ २०७४ को अपार सफलताबाट उत्साही त समाजले यसपाली जिउँदो इतिहास बोकेका बरिष्ठ गायक दिपक खरेलको एकल प्रस्तुति सम्भवत नेपाली सांगीतिक इतिहासको एउता बिरल कार्यक्रमको रुपमा हेर्न सकिन्छ । कार्यक्रममा गायक खरेललाई समाजका अध्यक्ष प्रविण शाहीले सम्मान गरेका थिए ।
गायक शम्भोचरण राजभण्डारी, श्रृजल मधिकर्मी तथा रोशन धौभडेलले “बादल बनाइदेऊ“ गीत सम्मानको लागि गुनगुनाएका थिए ।
बरिष्ठ रचनाकार चेतन कार्कीले गायक खरेल उमेरमा साठी कटे पनि अझै संगीतमा जवान रहेको बिचार ब्यक्त गरे । हरि लम्साल द्वारा संगीतबद्द “मेरा यी हातहरुमा” गीतको बारेमा बरिष्ठ रचनाकार सुबास चन्द्र ढुङ्गेलले यो गीतको मर्मलाई आत्मसात गर्न सकेको खण्डमा यो देस धेरै माथि उक्लिन सक्ने बिचार ब्यक्त गरे । अनौपचारिक रुपमा बरिष्ठ रचनाकार प्रकाश सायमीले सञ्चालन गरेको सो कार्यक्रममा समाजका अध्यक्ष प्रवीण शाहीले कार्यक्रमले भक्तपुरको मात्र नभइ समस्त नेपाली संगीतको बिकासममा सबैको यादमा बस्ने खालको भब्य रुपमा सम्पन्न भएकोमा धन्यवादका साथै खुशी ब्यत गरे। कार्यक्रम समापन पश्चात समाजका उपाध्यक्ष कपिल कसपालले“मायाको चेक”, श्रीहरि दाहालले “जुनको उजेली”, मानस राजले “ भाइरल भैदियो” तथा अध्यक्ष शाहीले “चिनेको छैन तिमीलाई” तथा “आज सबै सामु आए” आ आफ्नै गीतहरु गुनगुनाएका थिए । कार्यक्रमका प्रमुख संयोजक अल्बर्ट बज्राचार्यले कार्यक्रमलाई सफल बनाउन सहयोगी हातहरु सबैलाई धन्यवाद ज्ञापनका साथै भविष्यमा हुने अरु कार्यक्रममा पनि निरन्तर सहयोग पाइरहने आशा ब्यक्त गरे ।