Home समाचार भक्तपुरमा घाटै भत्काएर जग्गा प्लानिङ, स्थानीय किन चुप
भक्तपुर । काठमाण्डौंमा बस्ती विचमा घाट हुँदा लास जलाउन समस्या भई रहँदा भक्तपुरमा भने हनुमन्ते खोला किनारमा भएको घाट नै रातारात भत्काएर जग्गा प्लानिङ भएको छ । करिव एक वर्ष पहिला देखि नै केहि समूहले कौशलटारको सागवारीमा घाट नै भत्काएर प्लानिङ गरेका थिए ।
पैसा शक्ति र राजनीतिक आडमा कौशलटारका दुई चार जना जल्दा बल्दा डनहरुको आडमा रातारात भत्काईएको घाट आज सम्म पनि पुन निर्माण भने हुन् सकेको छैन ।
किन भत्काईयो त घाट
सागवारी नजिक जग्गा प्लानिङ कार्य भई रहेको थियो । ५० औं रोपनी जग्गामा भएको प्लानिङको जग्गा विकाउन समस्या भनेको उक्त स्थानमा रहेको घाट नै थियो । मसान घाट नजिक जग्गा कसैले नकिन्ने दखिएपछि राता रात नै डाजर लगाएर घाट नै भत्काईएको थियो । घाट भत्काएको भोली पल्ट स्थानीयले थाहा पाए विरोध पनि भयो । जस्ता पाताले बारेर पुन अस्थाई घाट त बनाईयो तर आज सम्म पनि उक्त घटनाको भने केहि सुनुवाई भने हुन् सकेको देखिन्न ।
राजनीतिक दलको पावरमा जग्गा चलखेल गर्ने गिरोहले नै यो कामको सफाया गरेका थिए । राजनीतिक सेटिङका कारण कोहि यो केसमा बोल्न सकेको देखिन्न । आर्थिक प्रलोभनमा रहेको केहि तत्व र केहि गुण्डा अनी राजनीतिक भरौटेको आडमा घाट भत्काईयो फेरी अस्थाई देखावटी रुपमा बनाईयो किन भत्काईयो किन फेरी बनाईयो भन्ने विषयमा हाल सम्म पनि कसैले बोलेको भने देखिन्न् ।
घाट भत्काउन कसको हात त
उपत्यकामा बढदो सहरी करण सँगै भूमाफियाको पनि चलखेल बढदो रहेको छ । भूमाफिया सँग राजनीतिक दलका आसेपासे टोले गुण्डा अनी कमजोर प्रशासन घुसिया कर्मचारी तन्त्र यो सवै एक भएपछि जे पनि सम्भव भएको देश भनेको नेपाल हो । घाट भत्काउन कौशलटारका तिनै डन भन्नेहरुको हात र खोलाको जग्गा अनी पर्ति मिच्न तत्पर जग्गा एकिकरण गर्ने केहिको मिलेमत्तोमा सागबारीमा रातारात नै घाट भत्काईएको थियो । राजनीतिक पावरमा बसेका मानिसहरुको नै यसमा संलग्नता रहेका कारण उनीहरु विरुद्दमा कोहि पनि पछि जान भने नसकेको देखिन्छ ।
कतै हनुमन्ते खोला फर्काउने त कतै हनुमन्तेको किनारमा रहेको जग्गा नै खाने दाउमा परम्परा देखि आफूले दह संस्कार गर्दै आएको घाट नै गुण्डाहरुले भत्काईदिएको स्थानीय एक नेवारले नाम नखुलाउने सर्तमा भने । नाम नै भने भोली कुट्न आउँछन् के गर्नु । मसान त खाए खाए अव हामीलाई पनि मार्लान भन्ने डर । उनले दुखेसो गरे ।
किन रातारात घाट नै भत्काईयो त भन्दा उनी भन्छन् सर यदी घाट यहि रहि रहने हो भने त यहाँ जग्गा कसले किन्छ पचासौं रापनी जग्गा प्लानिङ गरिएको छ । सार्वजानिक जग्गा मिचिएको छ । हनुमन्तेको खोला किनार मिचिएको छ । घाट उनीहरुको लागि सबै भन्दा ठुलो बाधा भएकाले उनीहरुले यसलाई नै हटाईदिए । अव हामी अन्त जान बाध्य हुनुपर्ने दिन आएको छ । यसको विरोध हामीले गरेका त हौं तर के गर्नु ठुला नेताहरु कै यसमा हात छ सव चिज पैसा रहेछ पैसा भए जेपनि संभव छ भन्थे हो रहेछ । यो पैसा र पाखुराको भरमा नै हटाईएको हो उनले भने ।
परम्परादेखि नेवारहरुले प्रयोग गर्दै आएको घाट हटाउनु एक प्रकारले नेवार समूदाय माथी नै हमला भएको देखिन्छ । आज सागबारीका घाटमा हमला भएको छ । हामी चुप छौं अव हनुमन्ते खोलाका अरु घाटमा पनि यस्तै हमला नहोला भन्न सकिन्न । साझाबाट
Related