भक्तपुर । भक्तपुरको सूर्यविनायक नपा १ सिरुटारमा छिमेकीको घरको छतबाट खस्दा बिहीबार एक बालकको मृत्यु भएको छ ।
भक्तपुर प्रहरीका अनुसार स्थानीय सञ्जीव राउतका तीन वर्षीय छोरा सभ्य राउतको छिमेकी केशव राजथलाको साढे २ तला घरको छतमा खसेर मृत्यु भएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले आफ्नै हजुरआमासँग राजथलाको घरको छतमा गएको अवस्थामा अचानक सभ्य खसेको जानकारी दिए ।
छतबाट खसेर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए ।
Related