भक्तपुरमा ‘टग अफ वार’ तदर्थ समिति

693

काठमाडौं ।
भक्तपुरमा टग अफ वार (डोरी तान्ने खेल) को स्थापना तथा विकासको लागि नीजि तथा आवसिय विद्यालय संगठन प्याब्सन भक्तपुरका पुर्व अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा ‘टग अफ वार भक्तपुर जिल्ला तदर्थ समिति’ गठन गरिएको छ । अध्यक्ष श्रेष्ठ मेरिगोल्ड बोर्डिंग स्कुल बालकोटका संस्थापक प्रिन्सिपल पनि हुन ।
तदर्थ समितिको उपाध्यक्षमा शंकर कर्ण कायस्थ, सचिवमा सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण कार्की तथा सदस्यहरुमा चन्द्र अधिकारी, राजन कसपाल र एनके श्रेष्ठ छन ।
तदर्थ समितिलाई छिटै नै निर्वाचन गरि जिल्ला कार्यकारीणी समिति बनाएर टग अफ वारको विकास गरिने अध्यक्ष श्रेष्ठले बताए । टग अफ वार खेल राष्ट्रिय खेलकूद परिषदमा दर्ता रहेको तथा टग अफ वार इन्टरनेशनल फेडरेशनमा आवद्ध रहेको छ ।