Home समाचार भक्तपुरमा धाँ बाजा प्रतियोगिता सम्पन्न
भक्तपुर । स्थानीय बाजा गाजाको सँरक्षण गर्ने हेतुले भक्तपुर नगरपालिकाले आयोजना गरेको धाँ बाजा प्रतियागिता सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा नास हेमा बाजा खल (समूह) प्रथम, नित्यनाथ बाजा खल दितीय, एभरेष्ट इगलिश स्कुलको टोली तृतीय र द राइजिङ इगलिश स्कुलको कल्चर ग्रुप चौथौं भएका थिए ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको उक्त नगरब्यापी धाँ बाजा प्रतियोगितामा ३७ टोली सहभागी रहेका थिए । प्रत्यक टोलीलाई ५० मिटरको फरकमा नगर परिक्रमा गराउँदै मुल्याङ्गकन गरिएको थियो ।
जात्रै जात्राको सहरका रुपमा चिनिदै आएको भक्तपुर आज दिन भर बाजा गाजाका कारण गँजायमान रहेको थियो ।
सहभागी बाजा खलहरुलाई नगरको पश्चिम क्षेत्रमा रहेको टेखापुखुमा विहानै बाजागाजासहित जम्मा गराई अलग अलग नगर परिक्रमा गराईएको थियो । नगर परिक्रमाको अन्तिम भेलास्थल नगरको पूर्वमा रहेको दतात्रय थियो । नगर परिक्रमाकै क्रममा वीचमा मूल्यांकनका लागि ठाउँंठाउँंमा मूल्यांकन टोली नगरले राखेको थियो उक्त टोलीको मुल्याङ्गकन र मुख्य मुल्याङ्गकन टोली दत्तात्रयमा रहेको टोलीले बाजा जागाको मूल्यांकन गरि विजेता घोषणा गरेको थियो । नगर परिक्रमा सकेर दत्तात्रय पुगेको प्रत्यक टोलीलाई ५ मिनट बाजा बजाउन समय दिईएको थियो । नगर परिक्रमा गर्ने टोली ठुलो भएपनि मुख्य मूल्याङ्गकन स्थलमा भने प्रत्यक टोलीबाट ४,४ जनालाई मात्र बाजा बजाउन दिईएको थियो ।
प्रतिस्पर्धीहरुलाई बजार परिक्रमाको क्रमलाई एक सय पूर्णांकमा २० निर्धारण गरिएको थियो । साथै बोल र तालमा ३०, प्रष्टतामा २०, भेषभूषामा १०, हाउभाउमा १०, अनुशासनमा पाँंच र समयको परिपालनामा पाँंच गरिएको थियो । यसरी एक सय पूर्णांकमा मूल्यांकन पहिला नै सार्वजनिक गरी जानकारी गराइएको थियो । विजयी टोलीहरुको नाम मूल्यांकन टोलीका संयोजक काठमाडौं विश्वविद्यालय संगीत विषयका उपप्राध्यापक विष्णुबहादुर मानन्धरले घोषणा गरेका थिए ।
प्रतियोगितमा प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार नगद, धाँ बाजा एक थान, भूछ्या एक जोडी, शि छ्या १ जोडी (यी सवै धाँं बाजामा बजाइने बाद्यबाधनका समाग्रीहरुको नाम हो), द्वितीय हुने टोलीलाई २५ हजार नगद, धाँ बाजा एक थान, भू छ्या १ जोडी र तृतीय टोलीलाई. २० हजार नगदसहित धाँ बाजा एक थान र शि छ्या १ जोडी पुरस्कार वितरण गरिएको थियो । साथै सान्त्वना हुने दुई टोलीलाई १० हजार प्रतिटोली नगद र धाँ बाजा एक थान प्रदान गरिएको थियो । साथसाथै कार्यक्रममा सहभागी सबै टोलीलाई धाँ बाजा एक थान उपलब्ध गराइएको थियो भने खाजा खर्चस्वरुप प्रति टोली दुई हजार नगद प्रदान गरिएको थियो ।
स्थानीय बाजा सँरक्षणमा सवै एक जुट हुनु पर्ने विजुक्छे
नगर ब्यापी धाँ बाजा प्रतियोगिताको पुरस्कार वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेले स्थानीया बाजा गाजाको संरक्षणमा नगरपालिकाले चालेको कदमको प्रशंसा गरेका थिए । बाजा गाजाको संरक्षण नहुँदा विभिन्न काल खण्डमा बजाईने विभिन्न बाजाहरु आजका दिनमा लोप हुँदै गएको स्मरण गर्दै उहाँले अवका दिनमा अन्य बाजाहरुको संरक्षणमा पनि नगरले चासो दिनु पर्ने बताए ।
पुरस्कार वितरण कार्यक्रममा आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको साँंस्कृतिक विधाहरुको संरक्षण गर्नुका साथै नागरिकहरुमा रहेको शीप उजागर गर्न प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगिता कसैसँग प्रतिस्पर्धाको लागि नभई संस्कृति संरक्षण र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने प्रयत्नको रुपमा हो । उनको भनाई थियो । उनले अव नगरपालिकाले प्रत्येक वर्ष बाजा संरक्षणका लागि एउटाएउटा प्रतियोगिता गर्दै आएको नगरपालिकाले गतवर्ष भने वाँंसुरी बाजा प्रतियोगिता गरेको स्मरण गर्दै आगामी बर्ष अन्य बाजाको प्रतियोगिता हुने बताए ।
Related