भक्तपुरमा नेमकिपाका प्रेम सुवाल विजयी

347

भक्तपुर— भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदरबार प्रेम सुवाल विजयी भएका छन्। विपक्षीलाई झण्डै दोव्वर मतको फराकिलो अन्तरका साथ सुवाल विजयी भएका हुन्। सुवालले ३३ हजार ७६ वटा मत पाएका छन् । उनका निकटम प्रतिद्धन्ती नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत पाएका छन्।

माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत पाई तेश्रो स्थान सुरक्षित गरे । यो क्षेत्रमा कुल ७१ हजार नौ सय १६ मत खसेको थियो।

यो क्षेत्रमा २०४८ सालदेखि हालसम्म नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जित्दै आएका छन्। उनले २०४८, ०५१, ०५६, ०६४ र ०७० गरी पाँंच पटक जितेका हुन्।

यो पटक विजुक्छे नउठी यो क्षेत्रमा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदबार बनाइएको थियो।