भक्तपुर – भक्तपुरमा मयुर यातायातको बसको ठक्करबाट ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ।
मंगलवार बिहान सवा ११ बजे काभ्रेको बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नम्बरको बसले सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गर्दै गरेकी श्रेष्ठलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बिहान पौने १२ बजे उहाँको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
मृतक श्रेष्ठको स्थायी ठेगाना भक्तपुर नगरपालिका–४, मगलाछें भए पनि हाल उनी भक्तपुर आदर्शमा बसोबास गर्दै आएकी थिइन्।
घटनामा संलग्न बस र चालक नुवाकोटको शिवपुरी गाउँपालिका–२, छाप स्थायी घर भई हाल काठमाडौं नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।









































