भक्तपुरमा बस र टिपर जुध्दा एकको मृत्यु, तीन घाइते

351

भक्तपुरः भक्तपुरमा बस र टिपर एक अापसमा जुुध्दा एककाे मृत्यु भएकाे छ ।

भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ नलिनचोक ओरालोमा बस र टिपर एक आपसमा जुध्दा बस सहचालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा बस सहचालक सिन्धुपाल्चोक चौतारा सागागढी ३ बतासेका ३२ वर्षीय रमेश भण्डारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बिहान १२ बजेर ३५ मिनेटमा नलिनचोक ओरालोमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नं. को यात्रु नभएको बस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नं. को टिपर एक आपसमा जुधेको थियो ।

बस सहचालक भण्डारीको मेडिसिटी अस्पताल ललितपुरमा उपचारकै क्रममा बिहान ४ बजेर २५ मिनेटमा मृत्यु भएको परिसरका सूचना अधिकृत डिएसपी रेवतिरमण पोखरेलले जानकारी दिए ।

दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा सागागढी–३ बतासेका २४ वर्षीय सन्तोष थापा, टिपर चालक सिन्धुपाल्चोक लिशंखु पारख गाउँपालिका–७ का २८ वर्षीय देव कुमार श्रेष्ठ र टिपरको सहचालक मकवानपुर बकैया–८ का २३ वर्षीय कृष्ण बहादुर ठकुरी घाईते भएका छन् ।

उनका अनुसार बस चालक थापाको मेडिसिटी अस्पताल ललितपुरमा र टिपर चालक श्रेष्ठ र सहचालक ठकुरीको मध्यपुर ठिमी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएकाे छ ।