Home साहित्य भक्तपुरमा बहुलाकाजीको सपना नाटक प्रदर्शनी भइरेको छ
भक्तपुर । गरिवी र अभाव अनी तात्कालिन नेपालको परिस्थिती दर्शाउने नाटक बहुलाकाजीको सपना भक्तपुरमा प्रदर्शनी भईरहेको छ ।
आस्था सांस्कृतिक परिवारको आयोजनामा आस्था थियटरमा उक्त नाटक हरेक दिन प्रर्दशन भई रहेको छ ।

फागुन २८ गते देखि हरेक दिन तीन सो विहान ८ बजे दिउसो ३ बजे र ५ बजे उक्त नाटक आस्था थियटर लिवालीमा प्रर्दशन भई रहको छ ।
विजय मल्लद्दारा लिखित बहुलाकाजीको सपना नाटक समाजको वास्तविकतालाई चित्रण गरिएको कथा बस्तुमा आधारीत छ । उक्त नाटकको निर्देशन भने रमेश प्रजापतिले गरेका छन् ।

नाटकको प्रमुख पात्रहरुको भूमिकामा बहुलाकाजीको भूमिकामा उज्जवल प्रजापति, भक्तेमा विकास तमखु , मानेमा रवि प्रजापति , वीरेमा राकेश बाग रहेका छन् भने अन्य कलाकारहरुमा परि पालिस्था रञ्जित , प्रकास प्रजापति ,न्हुज किजु, सरजू फसिकव, साजन प्रजापति,कृति दुवाल,सुशिल महर्जन, राजु सुवाल ,रिना कुस्मा,सर्मिला गाईजू, पूजा बाला,अनिता लाखा,प्रर्मिला तमखुले गरेका छन् भने शुत्राधारमा मनिषा श्रेष्ठले गरेकी छन् ।
आस्था संस्कृतिक परिवारका विद्यार्थीहरुको प्रयासमा भक्तपुरमा विभिन्न समयमा नाटकहरु प्रर्दशन हुँदै आएको छ ।

नाटक भनेको जिवन्त उदाहरण हो जसमा कलाकारिताका माध्यमबाट बास्तविक समाजको चित्रण गरने भएकाले आफूहरुले आस्था थियटरमा बहुलाकाजीको सपना प्रर्दशन गरि रहेको दिनेश खड्गीले जानकारी दिए । उनका अनुसार प्रत्यक दिन तीन सो हुँदै आएको उक्त नाटकको समापन भने चैत ३ गते हुने छ । 
आज पनि कसरी गरिविले हामीलाई पिरोली रहेको छ भन्ने विषयलाई चित्रण गर्न यो नाटकको प्रर्दशन गरिएको नेक्राविसंघ भक्तपुरका अध्यक्ष अनिल फोजूले बताए ।
उनका अनुसार विद्यार्थीहरुको प्रयासमा हिजोको समाज र आज विभिन्न परिर्वतन अएपनि समाजमा गरिवी दुःख कस्ट अनी परिसानी भने जिउँका तिउँ नै रहेको र यसको निराकरणको लागि हामीले के गर्न सकिन्छ भन्ने विषयमा जनचेतना फैलाउन पनि आफूहरुले उक्त नाटक प्रर्दशन गरेको उनको भनाई थियो ।
Related