भक्तपुरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता मंगलवारदेखि

428

भक्तपुर । भक्तपुरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले आफ्नो स्थापना २८औं स्थापना दिवसका अवसरमा राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो ।
नेक्रायुसंघले भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बुद्धिचालबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघु संघले चेसलाई राष्ट्रय खेलका रुपमा विकास गर्दै लैजानु पर्ने माग राखेका थिए । युवाहरुलाई सानो लागतमा खेलाउन एवं सिकाउन सकिने र कुलतमा फस्नबाट पनि जोगाउन सकिने साथै जुन उमेरका मानिसले पनि खेल्न सक्ने भएका कारण बुद्धिचाल राष्ट्रय खेलकालागि उपयुक्त समेत रहेको उनको तर्क रहेको थियो । उनका अनुसार कमलविनायकस्थित बक्सिङ हलमा मङ्गलबार र बुधबार प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोेलाई रु १० हजार, तेस्रोलाई रु छ हजार, चौथोलाई रु चार हजार तथा पाँचौँ हुनेलाई रु दुई हजार छैंठौ देखि दशैं हुनेलाई रु एक एक हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष मीनबहादुर बाटाले जानकारी दिएका थिए । साथै उत्कृष्ठ भक्तपुर जिल्ला खेलाडीलाई रु २ हजार जम्मा १७ जना खेलाडीलाई सम्मान गरिने उनले बताएका थिए ।
प्रतियोगिता अन्तराष्ट्रिय बुद्धिचाल संघको नियमानुसार खेलाईने संघले जनाएको छ । उक्त प्रतियोगितामा १४ जिल्लाका ६८ खेलाडीको सहभागिता रहने संघले जनाएको छ । खेल ९ चरणमा खेलाईने छ ।

पत्रकार सम्मेलनमा नेमकिपा जिल्ला सदस्य पाण्डव सुवाल , आर्विटर निरञ्जन प्रजापती , भक्तपुर चेस क्लवका अध्यक्ष राजकुमार लधु , रामशरण त्वातीलगायतकाको उपस्थिति रहेको थियो ।