भक्तपुर । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं ६ चुनदेबीमा अवैध लागुऔषधका साथ मकवानपुर भीमफेदी गाउँपालिका वडा नं ७ घर भई हाल चुनदेबी बस्ने २६ वर्षीय दानिज खड्कालाई पक्राउ गरेको हो ।
निजको साथबाट लागुऔषध नोर्फिन ११३ थान, डाईजेल्याब ५० थान, फेनरागन ९० थान र सिरिन्ज ३१ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
लागु औषध प्रयोगकर्ता समेत रहेका खड्कालाई आवश्यक कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिए ।
Related