भक्तपुर । ‘वी क्यान नेपाल’ नामक शैक्षिक संस्थाहरुको समूहले लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिता गरेको छ । शैक्षिक क्रियाकलाप गर्न तथा शिक्षामा गुणस्तर भित्र्याउनका लागि गठन गरिएको सो समूहले सिनियर र जुनियर तह गरी दुई छुट्टाछुट्टै नृत्य प्रतियोगिता गरेको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलस्थित सिरीन केन स्कुलमा भएको सो प्रतियोगितााम सिनियरतर्फ सिरीन केन इङ्लिश स्कुल प्रथम, पाथीभरा एकेडेमी दोश्रो तथा क्रियटिभ इङ्लिश स्कुल तेश्रो भएका छन् भने जुनियरतर्फ क्रियटिभ इङ्लिश स्कुल प्रथम, सिरीन केन इङ्लिश स्कुल दोश्रो तथा सरस पाठशाला तेश्रो भएका थिए । सो स्पधार्मा रुवीभ्याली स्कुल र माम्ती नेशनल स्कुल सान्त्वना भएका थिए ।
वी क्यान अन्तर्गतका सदस्य विद्यालयबीचको ‘लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिता’मा बागमती प्रदेश सांसद सुरेश श्रेष्ठले विद्यार्थीहरुलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि सँगै अगाडि लानुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई व्यवहारिक ज्ञान समेत दिनु अहिलेको आवश्यकता रहेको बताए ।
रुबि भ्याली स्कुलका प्रिन्सिपल रत्न राई , सिरीन केन इङलिश स्कुलका प्रबन्ध निर्देशक कमल सुवाल, पाथीभरा एकेडेमीका प्रिन्सिपल रमेश सिटौला, सरस पाठसालाका डाइरेक्टर इन्द्र खाइतु, क्रियटिभ इङलिश स्कुलका डाइरेक्टर विश्वराम दुवाल, माम्ति नेशनल स्कुलका प्रिन्सिपल सरोज सुवाल तथा निर्णायक मण्डलमा सुभाष बुढाथोकी र प्रतिमा कार्कीको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा रुवि भ्याली स्कुलका प्रिन्सिपल रत्न राई, सिरीन केन इङ्लिश स्कुलका प्रबन्ध निर्देशक कमल सुवाल, पाथिभरा एकेडेमीका प्रिन्सिपल रमेश सिटौलालगायतले धारणा राखेका थिए ।








































