भक्तपुर अस्पतालमा पुरस्कार बितरणमा नै अनियमितता

2294

भक्तपुर । भक्तपुर अस्पतालको बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई प्रदान गरिएको पुरस्कारमा नै विभेद भएको कर्मचारीहरु बताउँछन् । अस्पताल प्रशासनले आफु खसी पुरस्कार वितरण गरेको उनीहरुको आरोप रहेको छ ।
कर्मचारी प्रोत्साहन स्वरुप दिने पुरस्कार वितरण छानविन कमिटिकी संयोजक आफैले पुरस्कार लिनु कति लाजमर्दो कुरा हो कुनै पनि दुनियाँमा आफै पुरस्कार वितरणको संयोजक आफै पुरस्कार लिएको कही थाहा छैन तर भक्तपुर अस्पतालमा भने यस्तो भएको एक कर्मचारी बताउँछन् । अस्पतालकी मेट्रोन सावित्री पौडेल आफै पुरस्कार वितरणकी संयोजक थिईन उनी आफैले आफैलाई पुरस्कार पाउनका लागि सिफारीस गरि पुरस्कार लिएकी हुन् ।
यस्तै अस्पतालमा एक बर्ष भन्दा बढि काम गर्दै आएको आधारमा मुल्याङ्गकन गर्ने भनिएको भएपनि अस्पतालमा आएको ४ महिनामा नै विवेक पौडेललाई पुरस्कृत गरिएको छ । जुन सरासर अवैधानीक हो । अस्पतालमा पुरस्कारलाई मुल्याङ्गकन एक वर्ष कम्तीमा काम गरिएको कर्मचारी भनी भनिने तर आफ्नो मान्छे भयो भन्दैमा ४ महिना पुरा पनि कार्यरत नभएको कर्मचारीलाई पुरस्कार दिनु अरु बर्षौ देखि काम गर्दै आएका कर्मचारीको मर्ममा खेलवाड भएको उनीहरुको ठम्याई छ ।
यस्तै अस्पताल विकास समितिलाई लाखौं रुपैयाँ नोक्सानी पुञ्याउने मैयाँ नायवलाई पुरस्कार वितरण गर्नु त झन अचम्मको कुरा भएको उनीहरु बताउँछन् । पहिला काम गरि रहेको फाँटमा काम विगारेर अस्पताललाई नोक्सानी पुञ्याएर कारवाही गरिएकी नायवलाई हाल स्वास्थ्य विमाको गत माघ देखि रकम माग नगरिदिदाँ अस्पताललाई २५ लाख भन्दा बढि नोक्सानी पुञ्याउने उनीलाई पुरस्कार दिएर अस्पतालले लाजमर्दो कार्य गरेको छ । अस्पतालका माथिल्ला कर्मचारी एवं पुरस्कार वितरण गर्ने टोलीलाई विभिन्न प्रलोभन र उपहारका भरमा उनीलाई पुरस्कार दिई अन्य इमान्दार एवं लगनसिल कर्मचारीहरुमाथी धोका भएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।
यस्तै अस्पतालले वितरण गरेको पुरस्कारमा प्रत्यक बर्ष पुरस्कृत हुँदै आएका भगवान केसी भने काम गर्ने मानिस नै हुन् उनले पुरस्कार पाउनु ठिकै हो तर उनलाई नै प्रत्यक वर्ष पुरस्कृत गर्नु भन्दा अन्य कर्मचारीलाई प्रत्साहन प्रदान गरिएको भएपनि उपयुक्त हुने थियो । तैपनी उनी पुरस्कारका लायक पनि हुन् यसमा कुनै आपत्ती नभएको उनीहरु बताउँछन् ।
अस्पतालले वितरण गरेको पुरस्कारमा अरुण सैजुलाई र डाक्टर सुनिल ढुंगेललाई प्रदान गरिएको पुरस्कार भने उत्तम भएको उनीहरुको ठम्याई थियो । अरुणले दिन रात नभनी सेवा गरेका छन् उनी लायक हुन् पुरस्कारको लागि । यस्तै अस्पतालमा उत्कृठ फिजिसियन डा ढुंगेललाई पनि पुरस्कृत गर्नु उत्तम हो उनी जतिको डक्टर अस्पतालमा अरु पनि हुने हो भने अस्पतलको सान नै बढने कर्मचारीहरुको भनाई छ ।
अस्पतालले आफ्नो एक सय चौध बर्षको बार्सिकोत्सब कार्यक्रममा कर्मचारीहरुलाई सम्मान गरेको थियो ।