भक्तपुर । भक्तपुर औद्योगिक क्षेत्रमा निशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।
भक्तपुर उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति, लायन्स क्लब अफ भक्तपुर र डाक्टर इबामुरा अस्पतालको संयुक्त पहलमा निशुल्क स्वास्थ्य क्लिनिका सञ्चालनमा ल्याएको हो ।
क्लिनिक संचालन सँगै भक्तपुर औद्योगिक क्षेत्रमा बिहीबार नै निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको थियो ।
विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेको उक्त शिविरमा दुई सय पचासभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।
स्त्रीरोगतर्फ डा. शोभा मारिखू, साधारणतर्फ डा. राकेश वर्मा र डा. उदय यादव, दन्ततर्फ डा. सुमित्रा सुवाल र डा. इभा कन्साकार, अर्थोतर्फ डा. श्रीकृष्ण अवाल र आँखातर्फ डा. अमरभक्त सुवालले स्वास्थ्य जाँच गरेका थिए ।







































