विकास प्रहर
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले भोलि जेष्ठ २७ गते शनीबार जिल्ला सम्मेलन गर्दै छ। सम्मेलनको मुख्य उद्देश्य एकताको सन्देश दिनु रहेको कांग्रेसका बरिष्ठ नेताहरू बताउछन्।
त्यसैले प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउबा र विशेष अतिथिमा शेखर कोइरालालाई आमन्त्रण गरिएको छ।
चौधौं महाधिबेशनले केन्द्रमा देखिएको तिक्तता समेत भक्तपुर जिल्ला सम्मेलनले कम गर्ने बिस्वास गरिएको छ।
एकैदिन सक्ने भनेपनि जिल्ला सम्मेलन लम्बिन सक्ने आयोजक कमिटिले जनाएको छ। जिल्ला सम्मेलनको तयारी पूर्ब वडा र नगर कार्यसमितिको सम्मेलन सकिसकेको छ। पहिलो चरणमा उदघाटन सत्र र दोस्रो चरणमा बन्दसत्र हुनेछ।
उदघाटनसत्रमा कांग्रेसका क्रियाशिल सदस्य,साधारण सदस्य र शुभेच्छुकहरूको उपस्थिति रहनेछ।बन्दसत्रमा हजार भन्दा बढी क्षेत्रीय प्रतिनीधिहरूको सहभागीता रहनेछ। सम्मेलनमा राजनैतिक, आर्थिक समसामयिक बिषयमा छलफल हुने जनाईएको छ।
एकताको सन्देश दिनु सम्मेलनको मुख्य उदेश्य भएपनि फलामको चिउरा चपाउनु जत्तिकै भएको कार्यकर्ताहरू बताउँछन्।
जिल्ला अधिबेशनबाट एउटा खेमा रुष्ट छ भने झन् स्थानीय निर्बाचन , संघ र प्रदेशको निर्बाचनबाट टिकट नपाउनेहरू रुष्ट छन्। भक्तपुर कांग्रेसमा देउवा समर्रथितहरूको बाहुल्यता रहेपनि नेता अनुसार ६/७ टुक्रामा बिभाजित छ।
जिल्ला अधिबेशनमा देउवा समर्थित नै ३/४ जना सभापतिमा उठ्ने भएकोले कोइराला समर्थितले आफूले मागेअनुसारको भाग पाउँदै आएको छ। कोइराला पक्षलाई मिलाउनु भन्दा नि आफ्नो पक्षलाई मिलाउन पार्टी सभापतिलाई सकस परेको देखिन्छ।
अधिबेशन र निर्बाचनमा केही नेता कार्यकर्ता रुष्ट भएपनि प्रदेश सभा सदस्यमा कोइराला पक्षबाट सुरेश श्रेष्ठ र प्रतिनिधि सभा सदस्यमा जिल्ला सभापति दुर्लभ थापा निर्बाचित हुनुले कार्यकर्ता परेको बेला एक हुने गरेको स्पष्ट हुन्छ।
दुई कार्यकाल सभापति भईसकेका थापा अर्को कार्यकाल सभापतिको उमेदबार हुन पाउने छैनन्। जसकारण पनि भक्तपुर कांग्रेसलाई एक ढिक्का बनाउन लागि परेका छन्।
भक्तपुर क्षेत्र नम्बर २ बाट सांसद जिते पनि जिल्ला सभापति भएका कारण बिकास निर्माण र खानेपानीका लागि क्षेत्र नम्बर १ र २लाई नै बजेट बिनियोजन गर्न पहल गरिरहेका छन्।
कार्यकर्ता जिल्ला सभापतिको कार्यबाट सन्तुष्टनै देखिन्छन्। २०७४को स्थानीय निर्बाचन,प्रदेश र संघको निर्बाचनमा पराजय ब्यहोरेको भक्तपुर कांग्रेसलाई जिल्ला सभापति थापाले आफूले पराजयको जिम्मा लिँदै भक्तपुर कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने अठोट पूरा गरेका छन्।
हाल जिल्ला सभापति थापा नसाको शल्यक्रिया गरेर घरमै आराम गरिरहेका छन्। आफ्नो स्वास्थको ख्याल नगरी जिल्ला सम्मेलनको तयारीमा जुटिरहेका छन्। उनको पहिलो कार्यकालमा कार्यसमितिले बैठक समेत बस्न नसकेर उनकै बिरुद्ध आन्दोलन समेत गरेकामा उनको दोस्रो कार्यकाल सहज देखिन्छ।
जिल्ला सम्मेलनको लागि सबै नेता कार्यकर्ता जुटिरेका छन्। जिल्ला सम्मेलनले एकताको सन्देश दिन सक्ला त त्यो भने हेर्न बाँकी छ।








































