भक्तपुर । स्वतन्त्र विद्यार्थी यूनियन भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पसमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएका छ ।
“देशको सार्वभौमिकता रक्षा र भु—अखण्डता रक्षाको लागि आन्दोलन अगाडी बढाऔं” भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रमा छात्रा १५ जना र छात्र ३९ जना गरि जम्मा ५४ जनाले रक्तदान गरेको स्ववियू सभापती दिनेश खड्गाीले जानकारी दिए ।
विद्यार्थीलाई सामाजिक उत्तरदाहित्वमा सहभागिता महसुस गराउन पनि क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
स्ववियुले समय समयमा विविध रचनात्मक साहित्यक तथा खेलकुद गतिविधिहरू गर्दै आइरहेको यसैको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जनाएका छन् ।







































