भक्तपुर बार र अदालतबिच मैत्रिपुर्ण फुटबल सम्पन्न

51

कार्तिक ९

भक्तपुर । भक्तपुर बार एशोसिएशन र भक्तपुर अदालत बिच मैत्रिपुर्ण फुटबल सम्पन्न भएको छ ।

भक्तपुर बार एशोसिएशनको आयोजनामा भक्तपुर बार र भक्तपुर जिल्ला अदालत बिच मैत्रीपूर्ण फुटबल खेल भएको हो ।

खेलमा भक्तपुर बार एशोसिएशनले ३:० गोलको अन्तरले अदालत पक्षसँग विजय हासिल गरेको थियो ।

खेलमा बारका अध्यक्ष देखि पदाधिकारी तथा कानुन व्यवसायी र अदालतका तर्फबाट माननिय न्यायाधिस तथा कर्मचारीहरू खेलमा संलग्न रहनुभएको थियो ।

बार र बेञ्चको सम्बन्ध राम्रो बनाउनका लागि खेलको आयोजना भएका बारका अध्यक्ष रविन्द्र प्रधानले जानकारी दिनुभयो ।