भक्तपुर रेडक्रसद्वारा महिलाहरुलाई शिपमुलक प्रशिक्षण संचालन

272

 

भक्तपुर
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्र्तगत गठित लैङ्गिक तथा समावेशी समितिको आयोजनामा २ दिने कपडाको किनमेल गर्ने झोला र सुर्के थैलि वनाउने प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको स्वर्ण जयन्ती वर्ष २०७५ तथा विश्व बाताबरण दिवसको अवसरमा संचालित प्रशिक्षणका सहभागिहरुलाई भक्तपुर जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य मनोज कुमार थापाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्नुहुदै सभापति थापाले तालिम लिएर जीवनमा उपयोगी होस भन्ने शुभकामना दिदै प्रमाण पत्र मात्र जम्मा गर्ने नभएर यसलाइ व्यवसायिक रुपमा अगाडी वढाउन आग्रह गर्नु भयो । वजार व्यवस्थापनमा सहयोग गर्ने जनकारी पनि गराउनु भयो ।
शिपमूलक प्रशिक्षणको समापनमा मन्तब्य राख्नुहुदै शाखाका मन्त्री परशुराम पाण्डेले ब्यवसायिक रुपमा शिप प्रवद्र्धन गर्ने सहभागिलाई बजारिकरणको लागि पनि रेडक्रसले सहयोग गर्ने बताउनुभयो ।
समिति संयोजक एवं कार्य समिति सदस्य सुभद्रा काफ्लेले महिला दिदि बहिनीहरुको सक्रिय सहभागीताले आगामी दिनमा कार्यक्रम गर्न उर्जा थपेको जानकारी गराउनु भयो । समापन कार्यक्रममा जिल्ला शाखाका कोषाध्यक्ष प्रदिप कुमार के.सी, जिल्ला सदस्यहरु धर्मराज कार्की, सुरज मिश्र लगायतको उपस्थिती थियो ।
प्रशिक्षक मनिषा कार्कीले प्रशिक्षार्थीलाई राम्रो संग छोटो र सरल तरिकावाट प्रशिक्षण दिनु भएको थियो । जेठ २१ र २२ गते जिल्ला शाखाको तालिम हलमा संचालित प्रशिक्षणमा २१ वटै उपशाखाका २३ जना महिलाहरुको सहभागिता रहेको कुरा कार्यक्रम अधिकृत रञ्जना कार्कीले जानकारी दिनुभयो ।