भक्तपुर शुटिङ्ग संघका सचिव रोहित मानन्धर बागमती प्रदेश सदस्यमा निर्वाचित

111

ललितपुर— बागमती प्रदेश शुटिङ्ग संघको प्रथम साधारण सभा तथा निर्वाचन ललितपुरको सातदोबाटोमा सम्पन्न भएको छ। उक्त निर्वाचनमा भक्तपुर शुटिङ्ग संघका सचिव तथा समाजसेवी रोहित मानन्धर बागमती प्रदेश शुटिङ्ग संघको सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन रहनुभएको थियो। त्यस्तै, शुटिङ्ग संघका केन्द्रीय अध्यक्ष पुष्पदास श्रेष्ठ, ललितपुर विकास समितिका अध्यक्ष विनोद महर्जन, भक्तपुर शुटिङ्ग संघका जिल्ला अध्यक्ष राजुसिं बजिकों लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।

नवगठित कार्यसमिति

बागमती प्रदेश शुटिङ्ग संघको नवगठित कार्यसमिति निम्नानुसार यस्तो छ 

  • अध्यक्ष: राजु दर्शन
  • उपाध्यक्ष: प्रविन्द्र वस्नेत, सुकुमार थपलिया
  • सचिव: उपेन्द्र थापा
  • उप–सचिव: हरि बहादुर थापा
  • कोषाध्यक्ष: निपेश खड्का
  • सदस्यहरू:
    • रुविना श्रेष्ठ
    • टिकाराम श्रेष्ठ
    • करीयञ्जोम गुरुङ
    • सरस्वती बानिया
    • कृष्ण बहादुर घोरासैनी
    • सुदन खड्का
    • दिपक थापा
    • मित्रलाल थोकर तामाङ
    • सोहित मानन्धर

निर्वाचनमार्फत गठित नयाँ कार्यसमितिले बागमती प्रदेशमा शुटिङ्ग खेलको विकास, विस्तार र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।