भक्तपुर–२ बाट नेपाली कांग्रेसका कविर रानालाई टिकट

0

भक्तपुर। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट कविर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

लामो समयदेखि पत्रकारिता र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका रानाले यसपटक कांग्रेसको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन्। यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा कांग्रेसका दुर्लभ थापाले विजय हासिल गरेका थिए।

भक्तपुर–२ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

  • नेकपा एमालेबाट महेश बस्नेत,
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विक्रम थापा,
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्री
    उम्मेदवारका रूपमा मैदानमा छन्।

मुख्य दलका उम्मेदवारहरू टुंगिएसँगै भक्तपुर–२ को चुनावी प्रतिस्पर्धा चर्को हुने संकेत देखिएको छ।