भारतीय कामदारलाई श्रम स्वीकृतिको कुरा उठ्दा दूतावास ससंकित

267

काठमाण्डौं । ठुलो संख्यामा भारतीय नागरिक नेपालमा काम गर्दै आएका छन् तथापी उनीहरुले कहि कतै श्रम स्वीकृति भने हाल सम्म लिएको पाईदैन ।
भारतीय कामदारले नेपालमा श्रम स्वीकृति लिनुपर्ने सर्कुलर सरकारले जारी गरेको विषयमा भारतीय दूतावासले भने चासो व्यक्त गरेको छ ।

अनिवार्य श्रम स्वीकृतिका विषयमा छलफलका लागि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन अजयकुमार वुधवार सिंहदरबार पुगेका थिए ।

श्रम मन्त्रालयमा पुगेर उनले भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएको विषयमा चासो व्यक्त गरेका थिए । यद्यपि मन्त्रालयका कर्मचारीले सार्वजनिक भएको पत्रको ब्यहोरामा भनिएजस्तो श्रम स्वीकृति अनिवार्य नगरिएको जवाफ दिएका थिए ।

यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक साताअघि श्रम तथा रोजगार कार्यालयहरुलाई पत्र पठाएर प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

विभागका कारखाना निरीक्षक प्रशान्त शाहले प्रधानमन्त्री कार्यालयलाई पत्र नै लेखेर यसबारे जानकारी दिएका थिए ।

तर, यस विषयमा आफूसँग कुनै छलफल नै नभएको श्रम श्रम मन्त्रालयको दाबी छ । मन्त्रालयले विज्ञप्ति नै निकालेर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको परिपत्रको खण्डन गरेको छ ।

नेपाल आफै रेमिटेन्समा चल्ने देश हो तर भारतको लागि नेपाल पनि रेमिट्यन्स भित्राउने २० देश मध्यमा एक रहेको छ ।