हेटाैंडा । नेपाली कांग्रेसले मकवानपुरकाे दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएकाे छ ।
मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएकाे पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए ।
डिना २०७९ काे प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार थिइन् । उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् । आगामी निर्वाचनमा डिनाले उनै सिंहसहित ठूला दलका एमालेका रामेश्वर राना, माओवादीका विजय गाैतमसँग प्रतिस्पर्धा गर्ने छिन् ।
मकवानपुरकाे १ नम्बर क्षेत्र सहरी र २ नम्बर क्षेत्र ग्रामीण भेग हाे । १ नम्बर क्षेत्रमा हेटाैंडा उपमहानगरपालिकाकाे १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाकाे ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्दछन ।








































