मतदाता शिक्षा सम्बन्धी सरोकारवाहरुसँग अन्तक्रिया कार्यक्रम

270

धुलिखेल । आशन्न प्रतिनिधि सभा तथा तथा प्रदेश सभाको निर्वाचन लाई मध्य नजर गर्दै मतदाता शिक्षा सम्बन्धि सरोकारवालाहरुसँगको अन्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।

निर्वाचन आयोग नेपालको सहयोग सामुदायीक सारथी को आयोजनामा धुलिखेल स्थित तालिम केन्द्रमा भएको अन्तक्रियामा जिल्लामा रहेका विभिन्न सरोकारवालाहरु संघ संस्था को प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख मधुकर पोख्रेलले मतदाता शिक्षा बढि भन्दा बढि प्रभावकारि बनाउने प्रयास भैरहेको तर सोचे जस्तो सन्तोषजनक प्रभावकारी गराउन नसकिएको बताउनु भयो । उहाँले मतदान शिक्षा प्रभावकारी बनाउन सबै सरोकारवालहरुले ध्यान दिने हो भने मात्रै बढि भन्दा बढि मतदाताहरुलाई मतदान प्रकृयामा सहभागि गराउन सकिनुको साथै बदर मतको संख्यामा पनि कमि ल्याउँदै भय रहित र निष्पक्ष निर्वाचनको वातावरण तयार गर्न सकिने बताउनु भयो । उहाँले सबैपक्ष लाई मतदाता शिक्षा कार्यक्रममा सहयोग गर्न अनुरोध गर्नु भयो । उहाँले यदि मतदाता शिक्षा प्रभावकारी बनाउने काम नहुने र भोट मात्रै माग्ने काम हुन हो भने यो पटक पनि विगतको जस्तै भारि मात्रामा मत बदरहुने तर्फ सजग हुन सबैलाई अनुरोध गर्नु भयो ।

पत्रकार महासँघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले मतदाता शिक्षा कार्यक्रम प्रभावकारि हुन नसकेको बताउनुहँदै प्रभावकारी बनाउन निर्वाचन कार्यालयले तत्काल आफु माताहतका निकायलाई परिचालन गर्नु पर्ने बताउनु भयो ।
काभ्रे उद्योग वाणिज्य संघका महासचिव युवा उद्यमि कैलाश पलाञ्चोके ले सबै मिलेर निर्वाचन सफल बनाउन मतदाता शिक्षालाई प्रभावकारी बनाउन सरकारी क्षेत्रको मात्रै मुख नताकेर सरोकार अन्य निकायले पनि यो कामलाई एउटा पर्वको रुपमा लिएर अभियान चलाउनु पर्ने बताउनु भयो । उहाँले व्यवसायीले आफ्नो मत खसाल्दै गर्दा नेता तथा पार्टिले उद्योगी व्यवसायीलाई सदाझै हुने गरेको चन्दा आतंकलाई संयमित बनाउन अनुरोध गर्नु भयो ।
काभ्रे बार एशोसियसनका अध्यक्ष कृष्ण सापकोटाले निर्वाचन कार्यक्रमलाई प्रभावकारी बनाउन अझै केहि दिन काम गर्न सकिने भन्दै सबै मिलेर यसलाई नित्यकर्म झै सम्झेर काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा अधिवक्ता कृष्ण प्यारी नकर्मिले मतदाताशिक्षा २०७४ सम्बन्धि आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अन्तक्रिया कार्यक्रममा उपस्थित सरोकारवाला संघ संस्थाको प्रतिनिधिहरुले निर्वाचन मतदाता शिक्षालाई आफ्नो संघ संस्थाबाट सहयोग गर्ने र यो अझियानलाई सफल बनाउ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सहभागिले निर्वाचन आचार संहिताका उलंघनका कार्यहरु ठाउँठाउँमा भैरहेको तर्फ निर्वाचन कार्यलयलाई ध्यानकर्षण गराएका थिए । साथै मतदाता शिक्षा प्रभावकारी बनाउ बाँकि रहेको दिनलाई बढि भन्दा बढि सदुपयोग गर्न समेत सुझाएका थिए । छलफलमा उठेको जिज्ञासाहरुलाई जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोख्रेलले सम्बोधन गर्नु भएको थियो भने मतदाता शिक्षालाई प्रभावकारि बनाउन सक्दो लागि पर्ने बताउनु भयो ।

बढि भन्दा बढि मतदाताहरुलाई मतदान प्रकृयामा सहभागि गराउन, बदर मतको प्रतिशतमा कमि ल्याउन, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण तयार गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको सामुदायीक सारथि को जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिनुभयो । संस्थागत प्रतिनिधित्व कार्यक्रममा भएकोले आफ्ना सहभागिले संस्थागत रुपमा यो किसिमको छलफललाई अगाडि बढाउने गर्दा मतदाता शिक्षा थप प्रभावकारी रुपमा अघि बढ्ने बताउनु भयो ।