नुवाकोट– पहिलो चरणअन्तर्गत भोलि (मंसिर १० गते) हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गराउन जिल्लामा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक गरी ६ हजार ५ सय २५ जना खटिएका छन् ।
निर्वाचन सुरक्षाका लागि १ हजार ४८ प्रहरी, १ हजार २७४ म्यादी प्रहरी, ४६३ सशस्त्र प्रहरी र ६१३ सैनिक र ९ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी ३ हजार ४०७ सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै निर्वाचन सञ्चालन गर्न दुई हजार ८० कर्मचारी र एक हजार ३८ स्वयम्सेवक कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए ।
निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न गराउन कुनै कसर बाँकी नराखिएको प्रजिअ वीरेन्द्रकुमार यादवले बताए । एउटा मतदान केन्द्रमा कम्तीमा छ सुरक्षाकर्मी र संवेदनशीलताको आधारमा थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।







































