मध्यपुरका मेयरद्दारा नयाँ ढुंगेधारो उद्घाटन, ऐतिहाँसिक धारा गलत्याएर नयाँ उद्घाटन भन्दै विरोध

445

थिमी । मध्यपुरका मेयर उपमेयरद्दार नयाँ ढुंगेधाराको उद्घाटन गर्दा मध्यपुर बासीले भने पुराना सम्पदालाई बेवास्ता गरी नयाँ पाईप लाईन विच्छाएर ढुंगेधारा उद्घाटन गर्नु गलत भएको भन्दै विरोध गरेका छन् ।


आफ्नै साँस्कृतिक नगरी भित्र एकातिर ऐेतिहाँसिक तथा पुरातात्वीक महत्वको स्वर्हा हितीः को यस्तो दुर्दशा भन्दै फोटो पोस्ट गर्दै मध्यपुर बासीले सामाजिक संजाल मार्फत मेयरको विरोध गरेका हुन् । ऐतिहाँसिक तथा पुरातात्वीक महत्वका धाराहरुलाई गलत्याई मुहान नै नभएको ठाउँमा खानेपानीको लाईन जोडेर करोडौं खर्च गरी नक्कली सोराहिती(ढुंगेधारा)को निर्माण गरेका भनी उनीहरुले सामाजिक संजालमा विरोध जनाएका छन् ।
मेयर मदन सुन्दरको पक्षपाती महत्वाकाँक्षा भन्दै उनीहरुले फेसवुकमा यस्ता शव्द लेखे हेर्नुहोस् ।