मन्दिरहरू जथाभाबी बनाउँदा हाम्रो संस्कृति हराउने खतरा मन्त्री श्रेष्ठ

0
काभ्रे । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले मन्दिरहरू जथाभाबी प्लास्टर अनि मार्वलिकरण गर्दा हाम्रो सांस्कृतिक धरोहरहरूको स्वरूप नै बिग्रेको बताउनुभएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ९ मा अवस्थित बछला देवी मन्दिरको शिलान्यास कार्यक्रममा उहाँले मन्दिरहरू मौलिक परम्परा अनुसार नै निर्माण गर्नु पर्नेमा जोड दिनुभएको हो ।
मन्दिरहरू हाम्रा पुर्खाको धरोहर भविष्यका पुस्ताका लागि विरासत हो जुन हामीले मौलिक रूपमा नै जोगाई राख्नु हाम्रो कर्तव्य  रहेको समेत बताउनुभएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिका का उपमेयर नीराजन जङ्गमले मन्दिरहरू हाम्रा धरोहर भएको बताउँदै हाम्रो धर्म संस्कृति जगेर्ना गर्न हामीले मन्दिरहरूको संरक्षण गर्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ९ र ११ का वडा अध्यक्षहरू नेपाली काँग्रेस काभ्रे जिल्ला कार्यसमितिका सचिव माधव ढकाल तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।