भक्तपुर । मस्कुलर डिस्ट्रोफि चाइल्ड केयर सोसाइटी भक्तपुरको लागि ललितपुरको इमाडोलमा रहेको महिलाहरुको समूह ‘नकि धुकु’ले ५० हजार रुपैयाँ र त्यहाँ आश्रीत वालवालिका तथा किशोरहरुका लागि लत्ता कपडा प्रदान गरेको छ ।
संस्थाकी अध्यक्ष रेनु मास्केले सो रकम सोसाइटीका अध्यक्ष हिमालयश्वर लाल मुलःलाई सोसाइटीको कार्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरीन । यसैगरि मास्केले त्यहाँ आश्रीत किशोरहरुलाई टिशर्ट तथा खाजा वितरण गरीन ।






































