विद्यालय तह देखि नै यसको विषयमा गहन अध्यापन एवं अध्यापन आवश्यक : चाईल्डरिच नेपाल
भक्तपुर । महिनावारीका विषयमा अझै पनि नेपाली समाजमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रुपमा नलिँदा धेरै महिलाले दुख पाइरहेका छन् ।
यसमा पनि स्कुले वालवालिकाले त झन ठुलो दुःख झेल्नु पर्ने विद्यालय आउने वातावरण नहुने आदि ईत्यादि समस्या नेपालको लागि कुनै नौलो कुरा होइन ।
स्कुले वालवालिका देखि नै महिनावारी केहि हैन भनी पाठ्य पुस्तकमा नै समावेश गरि यसको विषयमा राम्रो जानकारी दिन नसक्दा नै पढेलेखेका पुस्तामा पनि यसले नकारात्मक असर गरि रहेको चाईल्डरीच नेपालकी कार्यक्रम प्रमुख कुल्सुम कृष्टी योन्जनले वताईन ।
उनका अनुसार महिनावारीको विषयमा स्कुले वालवालिका देखि नै सचेतना कार्यक्रम ल्याउने हो भने स्कुले क्षात्राहरु महिनावारीको समयमा विद्यालय नआउने क्रममा कमि आउने र शुन्य नै हुने उनको दावा छ ।
विश्व महिनावारी सचेतना दिवसका अवसरमा महिनावारी सम्बन्धि भ्रम चिर्न र महिनावारीलाई कुनै समस्याका रुपमा नलिन संस्थाले विद्यार्थीको माझ सिपाडोलको गणेश माविमा कार्यक्रम गरेको वताईन ।
उनका अनुसार हाल संस्थाले छोरी कार्यक्रम अन्तर्गत सम्पुर्ण छोरी तिनका साथी अभिभावक शिक्षक शिक्षीका लगायतकालागि स्यानिटेरी न्याप्कीन कार्यक्रम पनि चालु गरि रहेको जानकारी दिईन ।
चाइल्डरिच नेपाल लगातार छोराछोरीको क्षमता अभिवृत्ती गर्न स्थानीय समुदाय संग साझेदारी र नेपाल सरकार को सहयोगमा भक्तपुर, दोलखा, काभ्रेपलान्चोक , सिन्धुपाल्चोक का जिल्लामा २००९ देखि काम गरि आएको जानकारी दिईन ।







































