महिला हिंसा , यौन दुव्र्यवहार र साइबर अपराधका सम्वन्धमा बृहत अन्तरक्रिया सम्पन्न

440

भक्तपुर ।
सुर्यविनायकस्थित सिद्धिदास सेकेण्डरी स्कुलमा महिला हिंसा , यौन दुव्र्यवहार र साइबर अपराधका सम्वन्धमा बृहत अन्तरक्रिया सम्पन्न एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

“महिला तथा बालबालिका माथि हुने हिंसा तथा दुव्र्यवहार एवम् साइबर अपराध” बिषयक उक्त कार्यक्रम सुर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो ।

‘हर, प्रहर गाउँ र नगरी , टोलटोलमा नेपाल प्रहरी’ को मुल नाराका साथ प्रहरी – विद्यालय सम्पर्क समितिको आयोजनामा गरिएको कार्यक्रममा महिला हिंसा , यौन दुव्र्यवहार र साइबर अपराधका बारेमा प्रसिक्षण भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सु.न.पाका मेयर बासुदेब थापाले सुभकामना मन्तव्य दिदै अपराधहरु नलुकाई सम्बन्धित निकायमा जानकारी गराएर अपराधको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले सामुदायिक र नेपाल प्रहरीको यो कार्यलाई नगरपालिकाको तर्फबाट विभिन्न तवरले सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभयो । कार्यक्रममा प्रशिक्षकको रुपमा महानगरीय प्रहरी परिसर भक्तपुर महिला तथा बालबालिका सेवा केन्द्र का प्रहरी नायब निरिक्षक सानु श्रेष्ठ आउनुभएको थियो ।

प्र. ना. नि श्रेष्ठले महिला हिंसा , यौन दुव्र्यवहार र साइबर अपराधका बारेमा प्रष्ट पार्नु भएको थियो । प्रशिक्षणका क्रममा उहाँले महिलाहरु गर्भमा हँदादेखिनै महिला हिंसा हुने बताउनुभयो ।

उहाँले ८० प्रतिशत महिला माथि आफ्नै घरबाट र २० प्रतिशत महिला माथि अपराधिक मनस्थिति भएका मानिसबाट यौन दुव्र्यवहार हुने गरेको बताउनु भयो ।

अनावश्यक फोटोहरु र स्टाटस राख्ने, चिने नचिनेको साथीहरु बनाउने तथा एकअर्काको पासवर्ड साटासाट गर्नाले साइबर अपराध बढिरहेको प्र.ना.नि. श्रेष्ठले बताउनुभयो ।
उहाँले फेसबुकमा राखिने स्टाटसबाट व्यक्तिको मनस्थिति सजिलै बुझिने हुनाले आफ्ना नानिबाबुहरुको क्रियाकलापलाई ध्यानपूर्वक हेर्न अभिभावकहरुलाई सुझाव पनि दिनुभयो । सो अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले विषय सम्बन्धित भएर आफ्नो जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरुको हर जिज्ञासालाई महानगरीय प्रहरी वृत जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले प्रष्ट पार्नुभएको थियो ।
प्र.ना.उ। शर्माले समुदाय – प्रहरी साझदारीको औचित्य तथा विभिन्न अपराधबाट बच्ने उपायहरु बताउनु भएको थियो। त्यसैगरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष सन्तोष ढुङ्गेलले अपराधको सुरुवात र अन्त्य पत्ता लगाई समाधानको उपाय खोज्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रामेश्वर ध्वजुले सुभकामना मन्तव्य राख्नुभएको थियो । विभिन्न संस्थाका प्रतिनिधि विद्यालयका प्रिन्सिपल, विद्यार्थी र अभिभावकहरुको उपस्थित रहेको थियो ।

अन्त्यमा सम्पूर्ण अतिथिलाई मायाको चिनो दिई कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष एवम् सिद्धिदास सेकेण्डरी स्कुलका प्रिन्सिपल लोकेन्द्र अर्यालले गर्नुृ भएको थियो ।