मासिक कति कमाउनेले कति कर तिर्नुपर्छ ?

2603

काठमाडौं– सरकारको आयकरका केही प्रावधानमा हेरफेर गरेको छ। मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयकरका प्रावधानमा संशोधन गरिएको हो।

‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’मा आयकर सम्बन्धी प्रावधान हेरफेर गरिएको छ। जसअनुसार अविवाहितको हकमा ३ वार्षिक ३ लाख ५० हजारसम्म आम्दानी भएकाले १ प्रतिशत तिरे पुग्छ भने विवाहितको हकमा वार्षिक ४ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्नेछ।

यस्ता छन् व्यक्तिको हकमा आयकरका प्रावधान–

अविवाहिकको हकमा 

१. तीन लाख ५० हजार रुपैयाँसम्म कमाउनेलाई १ प्रतिशत

२. तीन लाख ५० हजारभन्दा बढी तर चार लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा तीन लाख ५० हजारसम्मको ३ हजार ५ सय तथा त्यसभन्दा बढीको १० प्रतिशत

३. ४ लाख ५० हजार भन्दा धेरै कमाउनेले ४ लाख ५० हजार रुपैयाँसम्म १३ हजार ५ सय रुपैयाँ र त्यसभन्दा माथिको रकममा २० प्रतिशत कर तिर्नुपर्ने हुन्छ।

४. ६ लाख ५० हजार भन्दा धेरै तर २० लाख रुपैयाँसम्म आम्दानी गर्नेको हकमा ६ लाख ५० हजार रुपैयाँसम्म ५३ हजार ५ सय तथा त्यसभन्दा माथिको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ।

५. २० लाख रुपैयाँभन्दा धेरै कमाउनेको हकमा २० लाख रुपैयाँभन्दा धेरै  आम्दानीको थप २० प्रतिशत अर्थात् ५० प्रतिशत कर तिर्नुपर्ने।

विवाहिकको हकमा 

१. ४ लाख रुपैयाँसम्म आम्दानीको १ प्रतिशत

२. ४ लाख ५० हजार रुपैयाँभन्द्या बढी तर ५ लाख रुपैयाँसम्मको आय भएकाको हकमा चार लाख रुपैयाँसम्मको ४ हजार तथा ४ लाख रुपैयाँभन्दा माथिमा १० प्रतिशत तिर्नुपर्ने हुन्छ।

३. ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा ५ लाख रुपैयाँसम्म र ५ लाख रुपैयाँभन्दा बढीको हकमा आयको २० प्रतिशत तिर्नुपर्ने हुन्छ ।

४. ७ लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँसम्म आम्दानी हुनेले सात लाख रुपैयाँसम्मको ५४ हजार तथा त्यसभन्दा माथिको ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ।

५. २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा २० लाख रुपैयाँ भन्दा माथिको आयमा ५० प्रतिशत कर लाग्नेछ।