मुस्लिम संघको महाधिवेशन २४ चैतमा

997

काठमाडौं । २०७१ सालमा हुनुपर्ने नेपाल मुस्लिम संघको दोस्रो महाधिवेशन आगामी २४ र २५ चैतमा काठमाडौंमा हुने भएको छ ।

काग्रेस भातृ संघको रुपमा २०६६ सालमा स्थापना भएको सो संघको पहिलो महाधिवेशन २०६८ सालमा भएको थियो । सो महाधिवेशनमा चयन भएका पदाधिकारी नै हालसम्म कार्यरत छन् ।

महाधिवेशनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नुका साथै संघीयतामा संगठनलाई कसरी विस्तार गर्ने लगायतका विषयमा केन्द्रीत हुने संघका अध्यक्ष अब्दुल सत्तारले बताए ।

महाधिवेशनमा मुलुकभरीका सबै निर्वाचन क्षेत्रबाट एक÷एकजना प्रतिनिधिको साथै संगठन विस्तार भएका ४३ जिल्लाबाट एकजना अध्यक्ष र एकजना सचिव गरि करीव ४ सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

महाधिवेशनको लागि हालसम्म ४३ जिल्लामध्ये ३० जिल्लामा जिल्ला अधिवेशन सकिएको र बाँकी १३ जिल्लामा यही २५ फागुनभित्र अधिवेसन सम्पन्न गर्नका लागि संघले पत्राचार गरिसकेको छ ।