ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा संदिग्ध आतंकवादीहरुले गराएको हुनसक्ने ठानिएको बम बिस्फोटनमा कैयौं मानिसहरु मारिएको प्रहरीले जनाएको छ।
म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।
म्यानचेष्टरको प्रहरीले कम्तीमा १९ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको पुष्टी गरेको छ।
उक्त घटनालाई आतंकवादी हमलाको रुपमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
विस्फोट
एक जना प्रत्यक्षदर्शीले उक्त विस्फोटनले आफुलाई कैयौं मिटर पर हुत्याइदिएको बताए।
विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै ती प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए।
मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
तस्वीर कपीराइटPETER BYRNEसो क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ।
बीबीसीका गृह मामिला संवाददाता डेनियल स्यानफोर्ड भन्छन् लन्डनमा प्रति आतंकवाद हेर्ने उच्च अधिकारीहरु भेला भइरहेका छन् र उनीहरुले गृहमन्त्रालयसँग समन्वय गरिरहेको छन्।
प्रत्यक्षदर्शी
लागेर घाइते भएका केही मानिसहरुको उपचारमा संलग्न स्वयमसेवकहरु भन्छन्
तस्वीर कपीराइटREUTERSकैयौं प्रत्यक्षदर्शीहरुले विस्फोटन लगत्तै अन्योलपूर्ण परिस्थिति देखिएको जनाएका छन्।
साङ्गीतिक कार्यक्रम हेर्न आएकी आफ्नी श्रीमती र छोरीलाई लिन गएका एण्डी होलीले भने, “म उनीहरुलाई कुरिरहेको थिएं र त्यसैबेलामा विस्फोटन भयो। म हुत्तिएर करिब ३० फिट परको अर्को ढोका नजिकै पुगें।”
“त्यसपछि उठेर हेर्दा मैले भुईंमा शवहरु देखे, शुरुमा एरेना भित्र गएर मलाई आफ्नो परिवार खोज्न मन लाग्यो, जब मैले उनीहरुलाई भेटाउन सकिन तब म प्रहरीसँगै बाहिर निस्किएं र आफ्नी छोरी र श्रीमतीलाई खोज्दै केही शवहरु पनि हेरें।”
“अन्तत: मैले उनीहरुलाई फेला पारे र उनीहरु सकुशल नै थिए,” उनले भने।BBC









































