Home निर्वाचन यी हुन् नातागोताबाट सांसद बनेका माओवादीका समानुपातिक उम्मेद्वार
माओवादीमा प्रदेश सभातर्फको समानुपातिकमा केही नेताका आफन्त परेका छन् । प्रदेश ३ बाट खस–आर्य महिला कोटामा झक्कु सुवेदीकी छोरी भावना सुवेदी परेकी छिन्, नयाँ पत्रिकामा खबर छ ।
प्रदेश ३ बाटै प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारी खस–आर्य महिला कोटाबाट सूचीमा परेकी छिन् । माओवादीका अर्का नेता दिलीप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ जनजाति कोटाबाट समानुपातिक सूचीमा परेकी छिन् ।
प्रदेश ६ बाट पूर्वविद्यार्थी नेता रामदीप आचार्यकी श्रीमती कृष्णा शाह, महिला जनजाति कोटाबाट सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्टकी श्रीमती पुष्पा घर्ती विष्ट, नेता जनार्दन शर्माकी बुहारी विमला केसी खस–आर्य महिला कोटाबाट समानुपातिकमा परेकी छिन् ।
Related