भक्तपुर । युरो किड्स सल्लाघारी भक्तपुरका साना विद्यार्थीलाई विद्यालय पछाडिको खेतमा धान रोपाईमा सहभागी गराइएको छ । रोपाँईमा हिलाम्मे भएतापनि साना विद्यार्थीहरु हिलोमा खेल्दै छुपुछुपु धान रोप्न रमाइरहेका देखिन्थे ।
धान, गहुँ, मकै लगायत नेपालमा पाइने खाद्यान्नबारे साना विद्यार्थीलाई व्यवहारिक ज्ञान दिँदै आएको युरो किड्सले हरेक वर्षको असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाइँमा लगेको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।
विद्यालयकी प्रिन्सिपल विनु गोदार थापाका अनुसार रोपाईमा सहभागी गराउनुअघि विद्यार्थीलाई धान र रोपाँईको महत्व बताइएको थियो ।







































