विश्वभर केहि यस्ता चित्रकार छन्, जो आफ्नो चित्रकलाका लागि प्रशिद्ध छन् । उनीहरुले बनाएको चित्र खरिद गर्न मानिसहरु लाखौं, करोडौं खर्च गर्छ तयार हुने गर्छन् ।
यस्तै एक पेन्टिङ इटलीका चित्रकर जियोवनी ब्रागोलिनले बनाएका थिए । ब्रागोलिनले द क्राइङ ब्वाई अर्थात रोइरहेको केटो नामको पेन्टिङ बनाएका थिए । यो १९५० को दशकको कुरा हो । यस पेन्टिङलाई यति रुचाइयो कि, उनले उक्त पेन्टिङको पुरै शृंखला नै बनाइदिए ।
पेन्टिङमा रोइरहेको बच्चाको दुख देखेर मानिसहरु भावुक भए । सुरुमा त सबैकुरा ठिकठाक थियो । तर समय वित्दै जाँदा पेन्टिङलाई श्रापित मान्न थालियो । १९८५ को आसपासमा यो खबर फैलियो कि पेन्टिङ लगेपछि त्यो घरमा आगो लाग्न थाल्यो ।
पहिला त यसलाई भ्रम भनियो । तर जब अरुतिर पनि यस्तो देखियो, मानिसहरुले सोचे केहि त गडबड छ ।
दमकलका कर्मचारीहरुका अनुसार उनीहरु जुन घरमा आगो निभाउन गए, त्यहाँ उक्त बच्चाको पेन्टिङ थियो । अचम्मलाग्दो त घर जलेर खाक भएको थियो । तर पेन्टिङ जस्ताको तस्तै थियो । डरले उक्त पेन्टिङ मान्छेले घरमा राख्न छाडे ।
यसको असर के सम्म देखियो भने हेलोविन फेस्टिभलमा बोन फायरमा मानिसले ठूलो संख्यामा यो पेन्टिङ जलाइदिए । अचम्मलाग्दो त के भने चित्र जलाएपछि आगलागीको घटनामा कमी आयो ।
भनिन्छ, रोइरहेको बच्चाको आँखा मुनी खराब शक्ति रहेको थियो । विश्वभर यस चित्रलाई श्रापित मानिएको छ ।