युवा पुस्तामा निकै स- सक्त गजलकार बिकास प्रहरले “रक्तलाली” गजलको म्यूजिक भिडियो बजारमा ल्याएका छन्। अहिले नेपाली सांगीतिक बजारमा चर्चाको शिखर चुम्दै गरेको गजलमा आफ्नि प्रियसी गाउँबाट सहर पसेपछि प्रेमी सोध्दै खोज्दै सहर आईपुग्छन्।
प्रियसीको खोजी गर्ने क्रममा ब्यस्त भीडभाड हुने सहरको वर्णन गरेका छन्। गजलमा नारीको ओठ र आँखाको निकै मार्मिक ढंगले वर्णन गरेका छन्।
उनले ब्यङ्ग्य गर्दै अाफ्नि प्रियसीको नजरलाई मुटु रेट्ने छुराको संज्ञा दिएका छन्। गजलमा बियोगान्त भाब राख्न निक्कै खप्पिस प्रहरले “रक्त लाली”मा भने संयोगान्त भाब राखेका छन्।
अहिले चर्चाको शिखरमा रहेका गजल गायक तथा संगीतकार राज सागरको स्वर तथा संगीत रहेको छ गजलमा। राज सागरको सुमधुर स्वरले गजललाई न्याय दिएको छ।
सुन्नासाथ जो कोहिको मन र मस्तिष्कमा गहिरो छाप पारिहाल्छ। गजलको म्यूजिक भिडियोमा गायक सागरको आफ्नै अभिनय रहेको छ भने अहिले म्यूजिक भिडियोको क्षेत्रमा चर्चा बटुल्दै गरेकि मोडल निराञ्जली लामाले अभिनय गरेकी छन्। भिडियोमा प्रहरकी छोरीको पनि अभिनय हेर्न सकिन्छ।
गजलको संगीत संयोजन राजन इसानले गरेका छन् भने गजलको म्यूजिक भिडियोलाई चर्चित निर्देशक पासाङ योञ्जन लामाले निर्देशन गरेका छन्। म्यूजिक भिडियो छायाङ्कन अमृत सुनुवारलेगरेका छन् भने सम्पादन सुशील न्यौपानेले गरेका छन्।
म्यूजिक भिडियोको प्रस्तुत कर्ता भने बिनीता पाण्डे रहेकि छन्।भिडियोलाई हाइलाईट्सको अफिसियल च्यानलमा अपलोड गरिएको छ।






































